सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा


  •    न्युजभित्तो/१० श्रावण २०८०, बुधबार १२:०८ 
  • चितवन,१० साउन। वाग्मती प्रदेश सरकारले भरतपुरमा जनस्वास्थ्य प्रयोगशाला सञ्चालन गरेको छ । काभ्रे धुलिखेलमा प्रदेशस्तरको प्रयोगशाला चलाएको वाग्मती सरकारले सेवा विस्तार गरेको हो । वाग्मती प्रदेशमा जनसंख्याको चाप रहेका कारण थप प्रयोगशाला खुलेको हो । 

    धुलिखेल प्रयोगशालाको व्याकपमा रहेका मेसिन उपकरणहरू नै ल्याएर भरतपुरमा प्रयोगशाला सुरू भएको हो । ‘दुई महिनाअघि मकवानपुर भीमफेदी कारागारका कैदी बन्दीमा स्वास्थ्य समस्या देखा पर्‍यो । पाँच सयजनालाई झाडापखाला भएछ । त्यहाँको नमुना लिन धुलिखेलबाटै आउनु पर्‍यो । धुलिखेलबाट यता जान आउन टाढा छ नि । त्यसैले नजिकै थप प्रयोगशाला खोल्ने योजना बन्यो,’ वाग्मती प्रदेश प्रयोगशाला प्रमुख नारायणबहादुर कार्कीले भने ।

    प्रयोगशालाको शुल्क सस्तो रहेको उनले बताए । संघीय सरकारको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नै कायम गरेको शुल्क यहाँ लिने गरेको उनले बताए । नमुनाअनुसार २५ रूपैयाँदेखि एक हजार पाँच सय रूपैयाँसम्म परीक्षण शुल्क रहेको कार्कीले जानकारी दिए । बाहिर लिनेभन्दा निकै सस्तो, सुलभ र गुणस्तरीय सेवा दिने उनको दाबी छ ।

    हिस्टोप्याथोलोजी र क्यान्सरका विशिष्ट परीक्षणबाहेक नेपालका चिकित्सकले सिफारिस गर्ने हरेक परीक्षण प्रयोगशालाले गर्ने उनले बताए । ‘क्यान्सर अस्पताल यही भएका कारण यससँग सम्बन्धित विशिष्ट परीक्षण हामीले सुरू गरेका छैनौँ । हिस्टोप्याथोलोजी सुविधा छैन । नभए नेपालका चिकित्सकले लेख्ने आवश्यक परीक्षण यहाँ हुन्छ,’ प्रमुख कार्कीले भने । ८ करोड रूपैयाँबराबरका उपकरण राखेर प्रयोगशाला सञ्चालनमा आएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.