सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने


  •    न्युजभित्तो/९ श्रावण २०८०, मंगलवार १६:३८ 
  • चितवन, ९ साउन । भरतपुर महानगरपालिकाले शैक्षिक सत्र २०८०\०८१ मा कक्षा ११ अध्ययन गर्ने २८३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

    अनलाइन आवेदनको आधारमा ८१९ विद्यार्थीबाट २f८३ जना छनोट गरी सो छात्रवृत्ति प्रदान गर्न लागेको हो ।

    महानगरपालिकाभित्र सञ्चालित क्याम्पसहरुमा अध्ययन गर्न छात्रवृत्ति नतिजा प्रकाशन गरिएको महानगरले जनाएको छ । शैक्षिक सत्र २०८०\०८१ का लागि छात्रवृत्ति आवेदन दिएका ८१९ जना मध्ये २८३ जना छनौट गरिएको भरतपुर महानगरका नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्यालले बताए । जसमध्ये विज्ञान संकायमा १५३ जना र अन्यमा १३० जनाले छात्रवृत्ति पाएका छन् ।

    भरतपुरका २९ वटा कलेजहहरुमा छात्रावृत्ति पाएका विद्यार्थीहरुले शतप्रतिशत निःशुल्क अध्ययन गर्न पाउने छन् । जसमध्ये अरोमा कलेजमा ३९ जना, अर्किड कलेजमा ३१ जना, वाल्मीकि कलेजमा २६ जना, सप्तगण्डकी क्याम्पसमा  २१ जना, नारायणी पब्लिक स्कुलमा २१ जना गरी २८३ जनाले छात्रवृत्ति पाएका छन् ।

    संस्थागत विद्यालय तथा कलेजहरुले भर्ना भएका विद्यार्थीहरु मध्ये १० प्रतिशतलाई अनिवार्य रुपमा छात्रवृत्ति दिनुपर्ने कानुनी व्यवस्था छ । एसईईमा प्राप्त गरेको सबैभन्दा माथिल्लो ग्रेड (जीपीए)लाई नै मुख्य आधार बनाएर छात्रवृत्तिका लागि विद्यार्थी छनोट गरिएको हो ।

    विज्ञान संकायमा छात्रवृत्तिका लागि विज्ञान, गणित र अंग्रेजीमा विद्यार्थीले प्राप्त गरेको जीपीएलाई आधार मानिएको थियो भने अन्यमा गणित, अंग्रेजी, नेपाली र सामाजिक विषयको जीपीएलाई आधार बनाएर नतिजा सार्वजनिक गरिएको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
    त्यसमा पनि जेहेन्दार ३७ प्रतिशत, गरिब तथा विपन्न ३६ प्रतिशत, आदिवासी जनजाति १० प्रतिशत, दलित ५ प्रतिशत, अपाङ्गता भएका र जनआन्दोलन घाइतेका सन्ततीलाई समान ३\३ प्रतिशत, सहिद, बेपत्ता परिवार र मधेस आन्दोलन घाइते सन्ततीलाई समान २\२ प्रतिशतका आधारमा छनौट गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.