सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फिदिममा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, १३ घाइते


  •    न्युजभित्तो/९ श्रावण २०८०, मंगलवार १५:४८ 
  • पाँचथर,९ साउन । मेची राजमार्गको पाँचथर खण्डमा मंगलबार जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् । झापाको विर्तामोडदेखि ताप्लेजुङ हिँडेको मे १ ज १९४१ नम्बरको जिप मंगलबार दिउँसो एक बजे फिदिम नगरपालिका २ सामदिनमा दुर्घटना भएको हो ।

    दुर्घटनामा एक जनाको निधन भएको छ । अन्दाजी ३५ वर्षीय पुरुषको निधन भए पनि उनको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए ।

    दुर्घटनामा ताप्लेजुङकी ४० वर्षीया सविना विश्वकर्मासहित २ जनाको अवस्था गम्भीर भएको डीएसपी खतिवडाले बताए ।

    दुर्घटनामा इलाम दानावारी ८ घर भएका चालक अर्जुन विश्वकर्मा, ताप्लेजुङ पाथिभरा याङवरक–१ बस्ने बुद्धहाङ लिम्बू, ताप्लेजुङ मिक्वाखोला–५ बस्ने इसेटिमा शेर्पा, पाँचथर हिलिहाङ–१ का रोशन श्रेष्ठ र भुपेन्द्र श्रेष्ठ, ताप्लेजुङ सिरिजंगा–३ का सरोज मादेन, ताप्लेजुङ फक्ताङलुङ–३ का अजय लिम्बू, इलाम सिद्धिथुम्का–८ की निरुता सिन्चेउरी कालिकोट जिल्लाको पतञ्जली गाउपालिका–१ का सुमन खड्का, काठमाडौं–२० की मिना लिम्बू, पाँचथर फाल्गुनन्द ३ का राम नेम्वाङ, फिदिम १० की सविना विक, फिदिम–१० कै पुस्तिका विश्वकर्मा घाइते भएका छन् ।

    घाइतेमध्ये सविना विश्वकर्मा र मिना लिम्बूको अवस्था गम्भीर भएकाले थप उपचारका लागि झापाका सुविधा सम्पन्न अस्पतालमा पठाइएको पाँचथर प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.