सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारीका संस्थापक अध्यक्ष सुवेदीद्वारा भवन निर्माणार्थ सहयोग


  •    न्युजभित्तो/९ श्रावण २०८०, मंगलवार ११:४१ 
  • चितवन, ९ साउन । प्रेस चौतारी नेपाल चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीले चौतारीको कार्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गर्नुभएको छ । उहाँले दिवंगत छोरा रजत सुवेदीको स्मृतिमा सो रकम हस्तान्तरण गर्नुभएको हो ।

    नेकपा (एमाले) जिल्ला कार्यालय चितवनमा आज आयोजित संक्षिप्त कार्यक्रममा सुवेदीले चौतारी जिल्ला अध्यक्ष सुवास पण्डितलाई रकम हस्तान्तरण गर्नुभएको हो । नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्याैपानेकाे उपस्थितिमा उहाँले २५ हजार २२५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ ।

    सो अवसरमा संस्थापक अध्यक्ष सुवेदीले सबैको साथ र सहयोगले भवन निर्माणको कामले पूर्णता पाउने बताउनुभयो । उहाँले पत्रकारहरुको साझा संस्था चौतारीलाई सबैले सहयोग गर्न समेत आव्हान गर्नुभयो । अध्यक्ष पण्डितले सहयोगप्रति आभार व्यक्त गर्दै आर्थिक सहयोगले थप उर्जा, हौसला र प्रेरणा मिलेको बताउनुभयो ।

    प्रेस चौतारी नेपाल चितवन शाखाले चौतारीकोदेशमै पहिलो कार्यालय भवन निर्माण गरिरहेको छ । भरतपुर महानगरपालिका वडा नं. ११ मा रहेको आफ्नै जग्गामा भवन निर्माण गरेको हो । भवनको पहिलो तला ढलानको काम सम्पन्न भएको छ । तीन तले उक्त भवन निर्माण सम्पन्न गर्न एक करोड ५० लाख हाराहारी लाग्ने अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.