सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लामो समयपछि लागत मूल्य पाउँदै अण्डा उत्पादक किसान


  •    न्युजभित्तो/८ श्रावण २०८०, सोमबार १६:५७ 
  • चितवन, ८ साउन । लामो समयपछि अण्डा उत्पादक किसानले लागत मूल्य पाउने भएका छन् । उनीहरु लामो समयदेखि लागतभन्दा कम मूल्यमा अण्डा बिक्री गर्न बाध्य थिए ।

    पछिल्लो समय अण्डाको मूल्य बढेसँगै किसानले लागत मूल्य पाउन थालेका हुन् । विगतमा भएको नोक्सान र बैंक ऋण घटाउन भने यो मूल्यले अझै नधान्ने किसानको भनाइ छ । पछिल्लो समय अण्डाको मूल्य प्रतिक्रेट चार सय ५० तोकिएको छ । नेपाल लेयर्स कुखुरा पालक सङ्घका महासचिव शोभाकान्त ढकालका अनुसार सबै खर्च जोड्दा अहिले अण्डाको मूल्य प्रतिगोटा १७ हुन आउँछ । किसानले हाल १५ पाएका छन् । उनको भनाइमा अहिले चल्लाको मूल्य एक सय ५० पर्दछ । बीस हप्तामा कुखुराले अण्डा दिन थाल्दछ । सामान्यतया यो दानाको मूल्य प्रतिकिलो ७० पर्दछ ।

    कुखुराले ८० हप्तासम्म अण्डा दिने गरेको उल्लेख गर्दै महासचिव ढकालले दानाको मूल्य प्रतिकिलो ६५ सम्म पर्ने बताए । सामान्यतया एउटा कुखुराका लागि औषधि, खोप र अन्य उपचारमा एक सय ६५ खर्च हुने उनको भनाइ छ । एउटा अण्डाको उत्पादन लागत १४ रुपैयाँ ८० पैसा पर्ने ढकालको दाबी छ । उनले भने, “बैंकको लगानीको किस्ता तिर्दै एउटा अण्डाको लागत मूल्य १७ पर्न आउँछ ।” अबको समयमा केही हदसम्म अण्डाको मूल्य बढेमा किसानले लागत मूल्य पाएर विगतको नोक्सानलाई पूर्ति गर्न सक्ने उनको भनाइ छ ।

    सङ्घका अध्यक्ष विनोद पोखरेलले ३० प्रतिशत हाराहारी किसान विस्थापित भइसकेको बताए। उनले भने, “लागत मूल्य पाउन नसके पोल्ट्री व्यवसाय धरासायी हुने अवस्था छ ।” झण्डै एक वर्ष यता स्वयं व्यवसायीहरुको अग्रसरतामा गरिएको बजारीकरण पछि अण्डाले मूल्य पाएको भन्दै उनले सरकारले लागत मूल्य निर्धारण गरेर सहजीकरण गर्नुपर्ने बताए । धेरै किसान ऋण तिर्न सक्ने अवस्थामा नरहेको उल्लेख गर्दै उनले केही ऋण थपेर उनीहरुलाई पुनः पेसामा फर्किन राज्यले सहयोग गर्नुपर्ने बताए ।

    नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीले कोभिडको समयपछि एकाएक अण्डाको मूल्य घटेसँगै किसान धरासायी हुँदै गएको बताए । पोल्ट्री क्षेत्रमा दुई खर्बभन्दा बढी लगानी भएको भन्दै उनले यसको ४० प्रतिशत हाराहारी लेयर्स कुखुरा पालनमा खर्च भएको बताए । उनले गुनासो गरे “कुखुरा बेचेर बाँकीलाई दाना खुवाएर बचाउनुपर्ने अवस्थामा हामी छौँ ।”

    नेपाल लेयर्स कुखुरापालक सङ्घका सचिव मदन पोखरेलले १० वर्ष पहिले एउटा क्रेट अण्डाको मूल्य रु तीन सयमा बिक्री हुँदै आएको भन्दै अहिलेको मूल्यले लागत धान्न नसक्ने बताए । उनले भने, “पाँच वर्षअघि दानाको मूल्य प्रतिकिलो ३० हुँदा अण्डा प्रतिक्रेट तीन सयमा बिक्री हुन्थ्यो । अहिले दाना प्रतिकिलो ७० पर्दा अण्डाको मूल्य उस्तैउस्तै छ ।” दैनिक ५० लाख हाराहारी अण्डा उत्पादन हुने गरेकोमा अहिले एकीन तथ्याङ्क नभएपनि ३५ लाख हाराहारी मात्रै उत्पादन हुने गरेको छ । दाना, औषधि, मजदुर, बैंक ब्याज लगायतको खर्च अत्याधिक बढ्दासमेत अण्डाको मूल्य सोही अनुपातमा बढ्न नसकेपछि किसान विस्थापित हुने चरणमा पुगेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    पाल्पाबाट दालचिनी भारत निर्यात
    नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    • एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.