सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडकमा भेटिएकी दिपा ११ वर्षपछि घर फर्किदा कञ्चनपुरमा भव्य स्वागत


  •    न्युजभित्तो/७ श्रावण २०८०, आईतवार १६:५० 
  • चितवन,७ साउन । घरबाट हराएको ११ वर्षपछि चितवनबाट कञ्चनपुर फर्किएकी ४५ वर्षीय दिपा रोकायालाई परिवार र गाउँलेले भव्य स्वागत गरेका छन् ।

    धनगढीबाट हराएकी उनलाई मानव सेवा आश्रम चितवनबाट परिवारले घरमा लगेर स्वागत गरेको हो ।

    दिपाको आगमनलाई लिएर शनिबार कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ शान्तिटोलमा दिनभर खुसीयाली छायो । टाउकोमा रुमाल बाँधेकी दिपालाई फूलमाला, अबिर र अक्षेतासहित गाउँलेहरुले भव्य स्वागत गरे । गाउँमा नयाँ बेहुली भित्र्याएजस्तै देखियो । उनलाई हेर्न घर छेउमा मानिसहरुको ठूलो भीड जम्मा भयो । बुढापाकाले १२ वर्षमा खोलो पनि फर्किन्छ भन्थे तर दिपा भने हराएको ११ वर्षमा नै घर फर्किइन् ।

    चितवनका सामाजिक अभियन्ता अर्जुन भुसालका अनुसार दिपा ११ वर्षअघि धनगढीको सेती प्रादेशिक अस्पतालबाट हराएकी थिइन् । बिरामी छोरीलाई उपचार गर्न अस्पताल पुगेकी उनी अचानक छोरीको मृत्युको खबरले स्तब्ध भएपछि मानसिक सन्तुलन गुमाएर भौतारिँदै अस्पतालबाट गायब भएकी थिइन् । घरमा उनको एक छोरा र छोरी थिए तर उनी बेहोसी भएर एक हजार ६०० भारतीय रुपैयाँसहित राजमार्गमा गाडी चढेर धनगढीबाट हिडिन् । विभिन्न ठाउँमा भौतारिँदै हिडेकी उनी अन्तत भरतपुरको सडकमा आइपुगिन् । मानसिक सन्तुलन गुमाएकी उनी भरतपुरको सडकमा बेवारिसे बनेर हिड्न थालेको अवस्थामा मिलनचोक क्षेत्रबाट मानवसेवा आश्रमकी कर्मचारी देवी आचार्यको टोलीले सात वर्षअघि उद्धार गरेको थियो ।

    मानव सेवा आश्रम चितवनका व्यवस्थापक नवराज पोखरेलका अनुसार सात वर्षदेखि आश्रममा बसेकी उनको भिडियो अर्जुन भुसालले सामाजिक सञ्जालमा हालेपछि परिवारले भिडियो देखे र आमा खोज्दै छोराछोरी आश्रममा आइपुगे । हिजो शनिबार आश्रमले आमालाई परिवारलाई सुम्पिएपछि घरमा लगेर गाउँले र परिवारले स्वागत गरेका हुन् । आश्रमले दिपाको चितवन मेडिकल कलेजमा मानसिक रोगको उपचार गराएको थियो । अहिले दिपा नियमित औषधि सेवन गर्छिन् ।

    आमा हराउँदा १५ वर्ष रहेको उनको छोरो मिलन रोकाया अहिले २६ वर्ष भएको छ भने छोरी रमिता रोकाय अहिले १२ वर्ष भएकी छन् । उनको श्रीमान् अम्बर रोकाय पनि उनी फर्किएर आउने आशमा अर्काै विवाह पनि नगरी बसेका छन् । बाजुरा जिल्लाबाट कञ्चनपुर झरेका उनीहरुले दिपा चितवन पुगेको भन्ने सोचेका पनि थिएनन् । उनीहरुले मुख्य खोजी सुदुरपश्चिमकै जिल्लामा गरेका थिए तर सामाजिक सञ्जालको कारणले आमा भेट्न सफल भए ।
    दिपाको छोरा मिलनले नारायणी अनलाइनलाई यती धेरै वर्षपछि आमा भेट्न पाउँदा निकै खुसी भएको बताए । उनले भने, ‘ घरमा सबैले स्वागत गरे । अहिले पनि आमालाई हेर्न गाउँलेहरु आइरहेका छन् । अर्जुन भुसाल दाईले घर जान मन छ भनेर फेसबुकमा भिडियो पोष्ट गरेपछि आमा हो भन्ने किटान गरेर हामी लिन चितवनसम्म पुगेर आमालाई ल्याइयो । हाम्रो परिवारमा खुसीको सिमानै छैन ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.