सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरमा संयुक्त आयोजनामा शनिबार निःशुल्क बृहत् मुटुरोग शिविर सम्पन्न


  •    न्युजभित्तो/७ श्रावण २०८०, आईतवार १२:४८ 
  • चितवन, ७ साउन । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था र रोटरी क्लब अफ रत्ननगरको संयुक्त आयोजनामा शनिबार निःशुल्क बृहत् मुटुरोग शिविर सम्पन्न भयो । नेपाल माविको प्राङ्गणमा भएको शिविरमा ५१७ जनाले सेवा लिएका हुन् । सेवा लिने मध्ये २७५ जना महिला र २४२ जना पुरुष रहेका छन् ।

    शिविरमा ४३५ जनाको ईसिटी र ३१८ जनाको ईको गरिएको छ । शिविरमा भरतपुर अस्पताल, बकुलहर रत्ननगर अस्पताल, औषधि व्यवसायी संघ जिल्ला शाखा चितवन र बास्तोला सर्जिकलले सहयोग गरेका थिए ।

    खानेपानी संस्थाका अध्यक्ष माधव अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख प्रलाद सापकोटाले यस्ता शिविर कार्यक्रम समय समयमा गर्नुपर्ने बताउनुभयो । रोग लागिसकेपछि मात्रै उपचारका लागि जाने मानसिकता हुने भन्दै उहाँले शिविरबाट रोग पहिचान र उपचारमा सहज हुने बताउनुभयो ।

    रोटरी क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा निवर्तमान नगरप्रमुख नारायण वन, वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्ष डा. विजयराज न्यौपाने, रोटरी क्लब जोन ३६ का एजी दिनुप बराल, खानेपानी संस्था र रोटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो । शिविरमा निःशुल्क औषधि वितरण गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.