सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा निःशुल्कदेखि सस्तो उच्चस्तरको प्रयोगशाला सञ्चालनमा, स्थानीयवासी बेखबर


  •    न्युजभित्तो/७ श्रावण २०८०, आईतवार १२:४१ 
  • चितवन,७ साउन। बागमती प्रदेश सरकारले भरतपुरको मुख्य भागमा उच्चस्तरको प्रयोगशाला सञ्चालनमा ल्याएको छ । वरिपरी महँगो शुल्कमा परीक्षण गरिरहेका स्थानीयवासी भने नजिकै सरकारी र निकै सस्तो उच्चस्तरको प्रयोगशाला छ भन्ने कुरामा अनविज्ञ छन् ।

    बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रु आठ करोड खर्च गरेर यही असार १६ गतेदेखि स्वास्थ्य कार्यालयको परिसरमा प्रयोगशाला सञ्चालनमा ल्याएको हो । इकाइको रुपमा सञ्चालनमा ल्याइएको यो प्रयोगशालामा सबैखाले परीक्षण गरिन्छ ।

    उक्त इकाईकी ल्याब टेक्नोलोजिष्ट सुष्मा आचार्यका अनुसार कल्चर र पिसिआर परीक्षणका काम भइरहे पनि सबै परीक्षण प्रयोगशालाबाट गर्न सकिन्छ । यति महत्वपूर्ण प्रयोगशाला सञ्चालनमा आए पनि स्थानीयवासीले उपयोग गरेका छैनन् ।

    शुक्रबार दिनभर पाँच वटा नमुना मात्रै प्रयोगशालामा आएको उहाँले जानकारी दिनुभयो । जनस्वास्थ्य प्रयोगशाला बागमती प्रदेशका नारायणबहादुर कार्कीका अनुसार निजी क्षेत्रको तुलनामा तीन गुण सस्तोमा यहाँ परीक्षण हुन्छ । उहाँको भनाइमा बाहिर लिपिट प्रोफाइल ९एलएफटि० परीक्षणका लागि रु नौ सय लाग्छ भने यहाँ रु तीन सयमा हुन्छ । यसैगरी अन्य परीक्षणमा पनि न्यून शुल्क लाग्ने कार्कीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार ज्येष्ठ नागरिकलाई सो शुल्कमा पनि ५० प्रतिशत छुट, गरिब विपन्नलाई शतप्रतिशत छुट उपलब्ध गराइएको छ भने डायलासिस गरिरहेका बिरामीलाई ९० प्रतिशत छुट, मिर्गौला प्रत्यारोपण गरेकालाई ९० प्रतिशत छुट, कोभिडको परीक्षणका लागि शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । यसैगरी स्वास्थ्यकर्मीलाई ९० प्रतिशत, अवकाश प्राप्त कर्मचारीलाई ५० प्रतिशत, कर्मचारीका आश्रित परिवारलाई ५० प्रतिशत, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई शतप्रतिशत र ‘ख’ वर्गकालाई ५० प्रतिशत छुट दिइएको छ ।

    प्रदेशभित्रको सुविधा सम्पन्न प्रयोगशाला बनाउने प्रदेश सरकारको उद्देश्यअनुसार यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले निकै न्यून शुल्कमा उच्चस्तरको सेवा दिने गरी प्रयोगशाला सञ्चालनमा ल्याइएको भए पनि आमनागरिक भने सेवा लिन आइनसकेको बताउनुभयो । “सरकारले न्यून शुल्कमा उच्चस्तरको सेवा दिँदासमेत महँगोमा नागरिकले प्रयोगशाला प्रयोग गरिरहेका छन्,” उहाँको गुनासो थियो ।

    आम नागरिकसम्म तत्काल सन्देश पुग्न नसके पनि क्रमशः सबैलाई थाहा हुँदै जाने स्वास्थ्यमन्त्री जोशीले बताउनुभयो । कुनै ठाउँमा रोग फैलिएर तत्काल नमूना लिनुपर्ने अवस्थामा यो प्रयोगशाला उपयोगमा आउने छ । उहाँले थप्नुभयो “ यहाँ आउने बिरामीको परीक्षण र रोग फैलिएको अवस्थामा समुदायमै पुगेर नमूना सङ्कलन गरी परीक्षण गर्ने योजनाका साथ यो प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।”

    प्रयोगशालाले नसर्ने तथा सर्ने रोगको अध्ययन, गुणस्तरमापन र तालिम दिनेजस्ता कामसमेत गर्ने छ । प्रयोगशालाले नसर्ने रोगको आवश्यक अध्ययन, अनुसन्धान र तिजा निकाल्ने आवश्यक समन्वय गर्ने छ ।

    यस्तै सर्ने रोगबारे अनुसन्धान गरी नतिजा वितरण गर्ने, प्रादेशिक प्रयोगशालाबाट गुणस्तर नियन्त्रणका लागि पठाइएका नमुना परीक्षण गरी नतिजा सङ्कलन गर्ने र विश्लेषण गर्ने, प्रयोगशालाको गुणस्तर मापन गर्नेलगायत काम गर्ने उहाँले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.