सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निउरो टिप्न गएका व्यक्ति मृत फेला, जनावरले आक्रमण गरेको आशंका


  •    न्युजभित्तो/५ श्रावण २०८०, शुक्रबार १०:५८ 
  • चितवन, ५साउन। पूर्वी चितवनको रत्ननगर नगरपालिका–७ बाघमारा मध्यवर्ती सामुदायिक वनमा बिहीवार निउरो टिप्न गएका एक व्यक्ति मृत फेला परेका छन् । रत्ननगर–६ का करिब ७६ वर्षीय नवराज अधिकारी आज बिहान साढे ७ बजेको समयमा जंगलभित्रै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    निउरो टिपेर साँझसम्म पनि घर नफर्किएपछि आफन्तले उनको खोजी गरेका थिए । खोजी गर्ने क्रममा मृत फेला परेको अधिकारीको शरिरको विभिन्न भागमा चोट देखिएकाले जंगली जनावरले आक्रमण गरेको आशंका गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

    कुन जनावरले आक्रमण गरेको भन्ने खुलेको छैन । शवको मुचुल्कासहितको अनुसन्धान गर्न प्रहरी घटनास्थलमा पुगेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.