सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लालुलाई थपियो गैंडाका दुई केटाको जिम्मेवारी


  •    न्युजभित्तो/४ श्रावण २०८०, बिहीबार ११:०६ 
  • चितवन,४ साउन । सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र परिसरमा खेल्न गैंडाका दुई केटा आइपुगेका छन् । गैंडाका दुई केटी (पुष्पा र अञ्जली)लाई प्राकृतिक बासस्थानमा छाडिएपछि राम र देवलाई उद्धार गरेर सौराहा ल्याइएको हो । बाघको आक्रमणबाट घाइते भएका दुवै केटाको उपचार जारी छ । केटाहरुको शरिरको भित्री भागमा चोट रहेको बताइएको छ ।

    राम र देव तन्दुरुस्त भएपछि पहिल्यै देखि सौराहामा रहेकी पूजालाई साथी हुने छन् । केहि समय अगाडिसम्म पुष्पा र अञ्जलीको आडमा लुटुपुटु गर्थी पूजा । पूजालाई २०७९ कात्तिक १० गते बाघले आक्रमण गरेर घाइते भएको अवस्थामा ल्याइएको थियो । उसको शरिरको घाउ निको हुन महिनौ लाग्यो । अहिले पूजा खुबै सप्रिएकी छ ।

    करिब ५ वर्ष अगाडिबाट जैविक विविधता संरक्षण केन्द्र सौराहामा जागिर सुरु गरेका जाजरकोटका लाल बहादुर महतराले नै गैँडाका केटाकेटीहरुको स्याहारसुसार गर्दै आइरहेका छन् । उनी अविवाहित हुन् । उनलाई माया गरेर ‘लालु’ भनेर बोलाउने गर्छन् । अविवाहित ‘लालु’ले एकपछि अर्काे गरी गैंडाका केटाकेटी हेरचाह गर्दै आएका छन् ।

    पुष्पा र अञ्जलीको सुरु देखि नै हेरचाह गरेका महतरालाई फेरि राम र देवको जिम्मेवारी थपिएको हो । बाघले झम्टेर दुई वटा केटा नै सख्त घाइते भएकाले सुसार गर्न उनी एक्लैलाई गाह्रो भयो । महतरालाई सहयोग गर्न अर्का एक जना कर्मचारी पनि खटाइएको छ । रामदेव निको भएपछि पुजालाई साथी हुनेमा महतरा ढुक्क छन् ।

    ‘पुष्पाञ्जली टुहुरा थिए । पुजा अलिअलि घाइते थिई । यीनीहरु (रामदेव) चाँहि एकदमै सख्त घाइते भएकाले एक्लै स्याहार गर्न गाह्रो भएको छ,’ महतराले भने । महतरालाई सुनिल कँडेलले सहयोग गरिरहेका छन् । रामलाई रामनगरबाट २ हप्ताको हुँदा र देवलाई देवनगरबाट चार हप्ताको हुँदा उद्धार गरेर ल्याइएको ममहतराले बताए । अहिले देव दुई महिना र राम डेढ महिनाका भएका छन् ।

    उनीहरुको आहारा अहिले दुध मात्र हो । एक पटकमा ५/५ लिटर दूध खान्छन् । तीन देखि चार घण्टाको फरकमा उनीहरुलाई दूध खुवाउने गरिएको महतराले बताए । पूजाले बिहान र बेलुका गरी दैनिक ३० लिटर दूध खान्छे । करिब ३ वर्षदेखि गैंडाको अभिभावक बनिरहेका लालुलाई फेरि रामदेवलाई हुर्काउने चुनौती थपिएको छ ।

    राम र देवको भित्रि घाउ भएकाले निको हुन केहि समय लाग्ने राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रकी प्रमुख रचना शाहले बताइन् । ‘देव अलिअलि हिँड्न थालेको छ । दुवैलाई बाघले आक्रमण गरेको हो । डाक्टरले ठिक हुन केहि समय लाग्छ भनेका छन्,’ शाहले भनिन् । आखाँले नदेखिने भित्रि घाउ भएकाले उनीहरु निको हुन कति समय लाग्छ भनेर यकिन गर्न नसकिएको उनी बताउँछिन् ।

    पुष्पा र अञ्जलीलाई गएको वैशाख ३१ गते चितवन राष्ट्रिय निकुञ्ज भित्र लगेर प्राकृतिक बासस्थानमा छाडिएको हो । पुष्पालाई ३ वर्ष ५ महिना र अञ्जलीलाई २ वर्ष २ महिनाको उमेरमा छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । उनीहरु फर्केर फेरि मध्यवर्ती क्षेत्रमा आउन थालेका छन् । मानिसहरुको माझमा हुर्केका उनीहरु मानिसहरु नै खोज्दै समुदायमा आउने गरेका तिवारीले बताए ।

    उनका अनुसार पुष्पा र अञ्जली समुदायमा निस्कन सक्ने सम्भावित स्थान टाल्ने, गेटहरु लगाउने र खुल्ला नराख्न निर्देशन दिइएको छ । उनीहरु विस्तारै जंगलमा रमाउन सिक्दै छन् ।

    इच्छुकले गैंडालाई सहयोग गर्न सक्ने

    राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता केन्द्रले गैँडालाई स्याहारसुसार गर्ने बजेट अभाव भएको बताएको छ । सहयोगी मनहरुलाई लक्षित गरेर निर्देशिका तयार पारिएको केन्द्र प्रमुख शाहले जानकारी दिइन् । पुजा र रामदेवको खर्चको लागि समुदायले सहयोग गर्न सक्ने उनले बताइन् ।

    ‘एक महिनामा पूजासहित राम र देवलाई २५ किलोका ५ बोरा पाउडर दूध चाहिन्छ । एक बोरालाई २० हजार खर्च लाग्ने गरेको छ’, उनले भनिन् । आमासँग नछुट्टिकन ५ वर्षसम्म संगै हिडडुल गर्ने स्वभाव गैँडाको बच्चामा हुने भन्दै उनले उद्धार गरेर ल्याइएका गैंडालाई पाल्न बजेट अभाव भएको बताइन् ।

    पूजाले बिहान बेलुका दुध सँगै फलफूल पनि खाने गरेको उनी बताउँछिन् । राम र देवको उपचार जारी रहेकाले मासिक ५ हजार रुपैयाँ औषधीमा खर्च भएको उनले बताइन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.