सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा पशुपन्छी कल्याणसम्बन्धी अनुशिक्षण


  •    न्युजभित्तो/३ श्रावण २०८०, बुधबार १७:०४ 
  • चितवन,३ साउन। चितवनको रत्ननगरमा पशुका अधिकारबारे जानकारी दिने उद्देश्यले पशुपन्छी कल्याणसम्बन्धी अनुशिक्षण गरिएको छ ।

    एनिमल नेपाल चितवन र शक्तिशाली आमा समूह रत्ननगर नगरपालिका–१३ को संयुक्त आयोजनामा पूर्वी चितवनको जयमंगलामा सो एक दिने अनुशिक्षण गरिएको हो ।

    अनुशिक्षणमा पशुपन्छीलाई भोक, प्यास र कुपोषण हुन कसरी नदिने र उनीहरुलाई सामान्य व्यबहार अभिब्यक्ति गरी बाच्न पाउने अवस्था सुनिश्चित गर्ने, पशुपन्छीलाई डर, त्रास र तनाव हुन नदिने जनावर र पन्छीलाई भौतिकरुपमा सहज वातावरणमा राख्ने तथाशित (अतिचिसो र अतितातो), तापजन्य असुविधाबाट सुरक्षित गर्ने, पिडा, घाउचोट र रोगव्याधिबाट सुरक्षित राख्ने र कुखुरा पालन गर्दा स–सानो खोर (पिँजडा) मा पाल्न नहुने विषयमा छलफल भएको थियो ।

    कार्यक्रमको सञ्चालन आमा समूह अध्यक्ष बिरञ्जना घिमिरेले गरेकी थिइन् भने प्रशिक्षण रामचन्द्र आचार्य र दिपा केसीले गरेका थिए । एनिमल नेपालको चितवन जिल्ला संयोजक सुमेधा गौतमको अध्यक्षतामा भएको कार्यक्रममा रत्ननगर नगरपालिका–१३ का वडा अध्यक्ष टोपबहादुर घिमिरे, विशिष्ठ अतिथि महिला वडा सदस्य शारदा न्यौपाने, आमा समूहकी बरिष्ठ उपाध्यक्ष सुशिला कुँवर, कोषाध्यक्ष समिता अधिकारी एनिमल नेपालका जिल्ला सुपरभाइजर रामचन्द्र आचार्य, फिल्ड सुपरभाइजर दिपा केसी फिल्ड अफिसर सुदिपआचार्य लगायतआमा समूहका प्रतिनिधि ३५ जनाको सहभागिता रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.