सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका प्रितम खरेलको जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु


  •    न्युजभित्तो/३ श्रावण २०८०, बुधबार १६:४१ 
  • चितवन,३ साउन। भरतपुर बाह्घरेका प्रितम खरेलको जापानमा पौडी खेल्दा खोलामा डुबेर मृत्यु भएको छ ।

    यामागुची प्रिफेक्चरको इवाकुनी शहरमा रहेको इमाजु नदीमा पौड़ी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । मृत्यु हुनेमा उनीसँगै पौडी खेल्न गएका अर्का साथी पनि छन् ।

    मंगलबार दिउँसो ४ः३० बजे नदीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर खरेलको मृत्यु भएको छ । उनीसँगै मृत्यु हुनेमा अर्का बागलुङको काठेखोलाका २६ वर्षीय कृष्ण कँडेल रहेका छन् । भरतपुरका २२ वर्षीय खरेल बुबाआमासँग जापान बस्नको लागि डिपेन्डेन्ट भिषामा जापान गएका थिए । उनको पुरानो घर गुल्मी हो ।

    खरेल दिउँसो क्यूके( रेष्ट टाइम) को समयमा अन्य दुईजना साथीसँग चारजना मिलेर खोलातर्फÞ गएका थिए । खेल्ने योजना नभए पनि चर्को गर्मीका कारण पौड़ी खेल्न पुगेका थिए । उनीहरू उक्त खोलामा प्रायजसो पौड़ी खेल्न जाने गरेका थिए । उनका आफन्तबाट प्राप्त जानकारी अनुसार केही दिन अघि मात्र सोही खोलामा सोही स्थान नजिकै पौड़ी खेल्ने क्रममा जापानी नागरिकको समेत मृत्यु हुन पुगेको थियो । नेपालमा आमा बिरामी भएपछि मृतक खरेललाई दुई वटा रेष्टुरेन्टको जिम्मेवारी दिएर केही समयको लागि बाबुआमा नै चितवन आएको उनका साथी सन्दिप खरेलले नारायणी अनलाइनलाई बताए । खबर सुन्नासाथ उनका बुबा आज नै जापान फर्किएको सन्दिपले जानकारी दिए । भरतपुरको होली भिजन स्कुलबाट एसएलसी उतीर्ण गरेका उनले वाल्मीकि कलेजबाट १२ कक्षा उतीर्ण गरेका हुन् ।

    अन्य दुईजना साथीहरूसहित खोलामा पौड़ी खेल्न गएका उनीहरू पौड़ी खेल्ने क्रममा खोलाले बगाएको थियो । बगाएका दुवैलाई कार्डियोपल्मोनरी अरेस्टको अवस्थामा अस्पताल लगिएको थियो र अस्पताल उनीहरूलाई मृत भएको पुष्टि गरेको थियो । प्राप्त जानकारी अनुसार मृतकहरूको अन्तिम सस्कार जापानमा नै गर्ने तयारी छ । प्रहरी र दमकल विभागका अनुसार मंगलबार साँझ ४ः३० बजे इवाकुनी शहरको इमाजु नदीमा पौडी खेलिरहेका एक नेपालीले ‘दुई जना बेपत्ता भएको’ भन्दै दमकललाई फोनमार्फत खबर गरेपछि अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा दुई जना नेपाली कार्डियोपल्मोनरी अरेस्टमा फेला परेका थिए । उद्धार टोलीका अनुसार एकजनालाई करिब ४ः४५ बजे र अर्कोलाई साँझ ५ः४० बजेतिर करिब २ देखि २.५ मिटर गहिराइमा भेटिएको थियो । इमाजु नदी जेआर इवाकुनी स्टेशनबाट करिब ३ किलोमिटर टाढाको शहरबाट बग्ने नदी हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.