सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर विमानस्थल विस्तारमा ढिलाई


  •    न्युजभित्तो/३ श्रावण २०८०, बुधबार ११:०९ 
  • चितवन,३ साउन । चितवनको भरतपुर विमानस्थल विस्तारको योजनामा एकपछि अर्को अड्चनका कारण ढिलाइ भएको छ। १३ सय मिटर लम्बाइ भएको भरतपुर विमानस्थल विस्तार गरेर १६ सय ५० मिटरको रनवे बनाउने योजनासहित नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरणको लागि जग्गा प्राप्तिमा ढिलासुस्ती भइरहँदा विमानस्थल विस्तारको योजना अलपत्र परेको छ।

    विमानस्थल विस्तारको विषय उठान भएको पनि १० वर्षभन्दा बढी भइसकेको छ। पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पालामा यो विमानस्थल विस्तारको विषयमा अध्ययन गर्न समितिसमेत बनेको थियो। समितिले विमानस्थल विस्तार अपरिहार्य रहेको ठहरसहितको प्रतिवेदन बुझाएको थियो।

    विमानस्थल विस्तारका लागि सबैभन्दा पहिले विमानस्थलको रनवे नजिकै रहेको नेपाली सेनाको घोडा प्रजनन केन्द्र स्थानान्तरण हुनुपर्ने सुझाव दिएको थियो। साथै अध्ययन कार्यदलले विमानस्थल आसपासमा रहेका अवरोधहरूसमेत हटाउन सुझाव दिएको थियो।

    सोहीअनुसार नेपाल ट्रष्टको नाममा रहेको दियालो बंगलाको केही भाग जग्गा सेनालाई दिने विषय उठेको थियो। नेपाली सेनाले पनि नेपाल ट्रष्टको जग्गामा घोडा प्रजनन केन्द्र सार्न तयार भएको थियो। सोहीअनुसार घोटा प्रजनन केन्द्र नेपाल ट्रष्टको जग्गामा सार्ने विषयमा सहमति भएको थियो।

    नेपाल ट्रष्टले जग्गा दिने विषयमा प्रारम्भिक सहमति समेत दिएको थियो। तर नेपाल ट्रष्ट ऐनमा ट्रष्टको जग्गा सरकारी वा निजी कुनै पनि कम्पनीलाई बिक्री गर्न नपाइने व्यवस्था छ। जग्गा लिजमा दिन पाइने भएपनि सेनाले जग्गा भाडामा घोडा प्रजनन केन्द्र सञ्चालन नगर्ने आशय दिएको थियो। नेपाल ट्रष्टको जग्गा प्राप्तिमा असहजता भएका कारण विमानस्थल विस्तारको योजना रोकिएको प्राधिकरणका इञ्जिनियर नलविक्रम थापाले बताए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.