सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामपुरमा रहेको चितवन इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरे


  •    न्युजभित्तो/२ श्रावण २०८०, मंगलवार १६:२५ 
  • चितवन,२ साउन । भरतपुरको रामपुरमा रहेको चितवन इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

    खानेपानी, इन्टरनेट, छात्रवृत्तिलगायत १५ बुँदे माग राखी विद्यार्थीले एक हप्ता अगाडि क्याम्पस प्रशासनको ध्यानाकर्षण गराउँदा पनि प्रशासनले कुरा नसुनेपछि विद्यार्थीले तालाबन्दी गरेका हुन् ।

    तालाबन्दीले क्याम्पसको सबै पठनपाठन बन्द भएको छ । पाँचौं सेमेस्टरमा अध्ययनरत बसन्ती तामाङले कुनै राजनीतिक दलको विद्यार्थी संगठनको अगुवाइमा नभई विद्यार्थीहरुले स्वतस्फूर्तरुपमा माग राखी तालाबन्दी गरिएको नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले क्याम्पस प्रमुख सुदिप शर्मा पौडेललाई विद्यार्थीले भोगेका समस्याको बारेमा ध्यानाकर्षण गराउँदा पनि खासै चासो नदिएको बताइन् । क्याम्पस इञ्जिनियरिङ अध्ययन संस्थान पुलचोकको चितवनमा एक मात्र आंगिक क्याम्पस हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.