सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बागमतीका २० पालिकाले गरेनन् बजेट पेस


  •    न्युजभित्तो/२ श्रावण २०८०, मंगलवार ११:१३ 
  • हेटौंडा,१ साउन । बागमती प्रदेशका २० वटा स्थानीय तहले अझै आर्थिक वर्ष २०८०/८१ को बजेट विवरण पेस गरेका छैनन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय/व्यय (बजेट) सभामा पेस गरिसक्नु पर्छ।

    तर बागमतीका २० स्थानीय तहले बजेट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा पेस गरेका छैनन्। मंगलबार बिहानसम्ममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइटमा पेस विवरणअनुसार प्रदेशका ११९ स्थानीय तहमध्ये ९९ स्थानीय तहले भने बजेट पेस गरेका छन्।

    मकवानपुरको हेटौंडा उपमहानगरपालिका र बागमती गाउँपालिका, चितवनको राप्ती नगरपालिकाले पनि बजेट पेस गरेका छैनन्।

    रामेछापका तीन स्थानीय तहले बजेट पेस नगरेको मन्त्रालयको वेबसाइटमा उल्लेख छ। जसमा खाँडादेवी, दोरम्भा र लिखु लामाकोशी गाउँपालिका रहेका छन् । यस्तै दोलखाको विगु, सिन्धुपाल्चोकको जुगल र इन्द्रावती गाउँपालिकाले बजेट पेस गरेका छैनन्।

    धादिङको खनियाबास, त्रिपुरासुन्दरी, थाक्रे र नेत्रावती डबजोङ गाउँपालिकाले मन्त्रालयको बेवसाइडमा बजेट पेस गरेका छैनन्। काठमाण्डौंको शंखरापुर र ललितपुरका गोदावरी नगरपालिका, कोन्जोसोम र कहाङ्कल गाउँपालिका पनि बजेट पेस गर्न बाँकी छन्।

    भक्तपुरको सूर्यविनायकले बजेट पेस गरेको छैन। काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र चौंरीदेउराली गाउँपालिकाले पनि हालसम्म बजेट पेस नगरेको पाइएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.