सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु


  •    न्युजभित्तो/२ श्रावण २०८०, मंगलवार ११:०९ 
  • चितवन,१ साउन । गत आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी वन्यजन्तुको आक्रमणबाट ६ जनाको मृत्यु भएको छ । निकुञ्जका अनुसार ५ वटा घटना निकुञ्जको मध्यवर्ती क्षेत्रमा भएका हुन् भने एउटा घटना कोर क्षेत्रमा भएको हो ।

    गत आवमा भएका ६ वटा घटनामध्ये तीन हात्ती, दुई गैंडा र एक बाघले आक्रमण गरेका घटना हुन् । अघिल्लो आव २०७८/७९ मा वन्यजन्तुको आक्रमणबाट १९ जनाको मृत्यु भएको थियो ।
    गत आवको पहिलो महिना २०७९ साउन ३० गते भरतपुर–६ देवनगरकी माया विकको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो । ५१ वर्षीय विकलाई सामुदायिक वनमा घाँस काट्न गएका बेला हात्तीले आक्रमण गरेको थियो ।

    त्यस घटनाको करिब एक महिनापछि भदौ २६ गते माडी–२ ढिकुनका सूर्यनाथ अधिकारीको बाघको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए । अमेलिया सामुदायिक वनमा भैंसी चराउन जाँदा उनलाई बाघले आक्रमण गरेको थियो ।

    रत्ननगर–६ का विसुन महतोको असोज ९ गते गैंडाको आक्रमणबाट मृत्यु भयो । बाटोमा हिँड्दै गर्दा उनलाई गैंडाले आक्रमण गरेको थियो । त्यस घटनाको तीन महिनापछि पुस ३ गते भरतपुर–२८ मेघौलीमा आगनमा आगो तापिरहेका बेला स्थानीय भागीरथी सुवेदीको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको तिवारीले बताए ।

    त्यसपछि फागुनमा मात्रै वन्यजन्तु आक्रमणका दुई वटा घटना भए । रत्ननगर–९ का चन्द्रबहादुर तामाङ फागनु ९ गते मर्निङ वाकमा निस्किएका बेला गैंडाको आक्रमणमा परे । फागुन १२ गते निकुञ्जको सौराहा हात्तीसारमा इजरायली नागरिक वोइकनेर स्यामुयलको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.