गंगा ज्योति स्मृति पुरस्कारबाट पत्रकार सन्तोष देवकोटा पुरस्कृत
न्युजभित्तो/२ श्रावण २०८०, मंगलवार ०८:३०
काठमाण्डौं, २ साउन । चितवनवाट प्रकाशित लोकतन्त्र सन्देश दैनिक पत्रिकाका कार्यकारी सम्पादक सन्तोष देवकोटा गंगा ज्योति स्मृति पुरस्कारवाट सम्मानित हुनु भएको छ । परमपुजनीय माता पिताको पुण्यस्मृतिमा अद्धैत संस्थाका केन्द्रीय सभापति एवं प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीद्वारा स्थापित गंगा–ज्योति स्मृति पुरस्कारवाट पत्रकार देवकोटालाई नगदसहित पुरस्कृत एवं सम्मान गरिएको हो ।
प्रातः स्मरणीय ब्रह्मज्ञानी गुरुदेव डा. क्षितिज चन्द्र चक्रवर्तीवाट स्थापित अद्धैत सस्थाको काठमाण्डौं २८ स्थित केन्द्रीइ कार्यालयमा आयोजित गुरु आमा जयन्ती महासत्संग समारोह २०८० को अवसरमा सो पुरस्कार वितरण गरिएको हो । अद्धैत संस्थाका केन्द्रीय सभापति एवं प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वतीले उक्त पुरस्कार २०७३ सालमा स्थापना गर्नु भएको हो । उक्त पुरस्कारको राशी पचास हजार रुपैयाँ रहेको छ ।