सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इच्छाकामना गाउँपालिकामा अनुदानमा कृषि एम्बुलेन्स


  •    न्युजभित्तो/१ श्रावण २०८०, सोमबार १५:३५ 
  • चितवन,१ साउन। चितवनको इच्छाकामना गाउँपालिकाले अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

    गाउँपालिकाले आइतबार इच्छाकामना–२ मा अवस्थित हपनी कृषक समूहलाई ७५ प्रतिशत अनुदानमा कृषि एम्बुलेन्स हस्तान्तरण गरेको हो ।गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिका उपाध्यक्ष माया सिलवाल, प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसाल, वडा नं। २ का वडाध्यक्ष पञ्चबहादुर चेपाङ, वडा नं। ४ का वडाध्यक्ष रुद्रप्रसाद उप्रेतीलगायतको रोहबरमा कृषक समूहका अध्यक्ष एकबहादुर चेपाङलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरेको हो ।

    विशेष गरेर इच्छाकामना गाउँपालिकाको पहाडी भूगोलका कृषकहरुले उत्पादन गरेको कृषि उत्पादनलाई बजारसम्म पु¥याउन सहज ढुवानीको लागि आर्थिक वर्ष २०७९÷०८० को बजेटबाट अनुदानमा कृषि एम्बुलेन्स उपलब्ध गराएको हो ।

    एम्बुलेन्सको लागत भ्याटसहित २५ लाख ३४ हजार ९९९ रुपैयाँ ८३ पैसा रुपैयाँ गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले जानकारी दिए । उनका अनुसार लागत मूल्यको ७५ प्रतिशत रकम गाउँपालिकाले व्यहोरेको छ भने बाँकी २५ प्रतिशत रकम हपनी कृषक समूहले व्यहोरेको छ ।

    गाउँमा कृषि एम्बुलेन्स सञ्चालनमा आएसँगै समयमै किसानहरुले आफ्नो उत्पादन सहज र सर्वसूलभ मूल्यमा बजारमा ढुवानी गर्न सक्ने वातावरण बनेको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले बताए । ‘हामीले कृषि उत्पादनको योजनालाई उच्च प्राथमिकता दिँदै अगाडि बढेकोले कृषि उत्पादन बजारीकरणका थुप्रै योजनाहरु ल्याएका छौं, त्यसअन्तर्गत कृषि एम्बुलेन्स पनि एक हो’ –उनले भने ‘यसले किसानहरुको उत्पादन ढुवानीमा सहजीकरण गरी बेलैमा बजार पु¥याएर उचित मूल्य पाउने र बेलैमा ढुवानी गर्न नसकेर यतिकै खेर फाल्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास लिएका छौं ।’ एम्बुलेन्समा सञ्चालनमा आएसँगै गाउँपालिकाको वडा नं। १ र २ काउँले, हपनी, मायाटारलगायतका पहाडी भू–भागमा रहेका किसानहरु लाभान्वित हुनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.