सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा टमाटरको मूल्य प्रतिकिलो २०० नाघेपछि नेपालबाट तस्करी


  •    न्युजभित्तो/१ श्रावण २०८०, सोमबार १०:२३ 
  • काठमाडौं,१ साउन । भारतमा टमाटरको मूल्य आकासिएपछि नेपालबाट अवैध बाटो टमाटर तस्करी हुने गरेको रिपोर्ट सार्वजनिक भएको छ। भारतको उत्तर प्रदेशसँग जोडिएको सीमा नाकाबाट टमाटर तस्करी भइरहेको बीबीसी हिन्दीले जनाएको छ।

    भारतमा टमाटरको मूल्य रु २ सय नाघेको छ। भारतको भन्सार विभागले हालै ३ हजार ६० किलो टमाटरसहित दुईवटा पिकअप नियन्त्रणमा लिएको छ। नेपालबाट ठूलो मात्रामा टमाटर तस्करले भारत पुर्‍याइरहेको दावी बीबीसीले गरेको छ।

    नेपालगन्जमा टमाटरको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। सल्यानको कपुरकोटबाट ट्रकमा बोकेर आउने टमाटरमध्ये ६० प्रतिशत नेपालगन्जमा खपत हुने र ४० प्रतिशत भारतमा निकासी हुने गरेको व्यापारी मोहम्मद सलिम राईले बताए। करिब एक महिनादेखि नेपालबाट टमाटर भारत पठाइँदै आएको जानकारी उनले दिएका छन्।

    नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजार व्यवस्थापन समितिका अध्यक्ष मोतिसारा थापाले नेपालगन्जबाट दैनिक १५ देखि २० टन टमाटर भारत पठाइने भए पनि अहिले नेपालगन्ज भन्सार कार्यालयले पठाउन गाह्रो भएको बताए। उत्तर प्रदेश महाराजगञ्जका स्थानीय पत्रकार आशिष सोनीका अनुसार नेपाल–भारत सीमामा असारदेखि टमाटरको तस्करी भइरहेको छ।

    सीमामा टमाटर तस्करी गर्ने एक युवाले भने, ‘नेपालमा टमाटरको मूल्य भारतीय मुद्रामा प्रतिकिलो ४० देखि ६० नेपाली रुपैयाँ रहेकोमा २४ देखि ३८ भारतीय रुपैयाँ पर्छ, नेपालको लुम्बिनी जिल्लाको रुपन्देही, कपुरकोट र अर्घाखाँचीका मण्डीबाट यी टमाटर किनेर भारत पठाइन्छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.