सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु


  •    न्युजभित्तो/२९ असार २०८०, शुक्रबार ११:०६ 
  • चितवन,२९ असार। नारायणगढ–मुग्लिन सडकको विकल्प खोज्ने औपचारिक प्रक्रिया सुरु भएको छ। गैँडाकोटदेखि तनहुँको देवघाट, दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने कार्यको प्रारम्भिक प्रक्रिया सुरु गरिएको हो। त्यसका लागि डिभिजन सडक कार्यालय भरतपुरले सडक विभागलाई स्वीकृतिको प्रक्रिया थाल्न पत्र पठाएको छ। विभागबाट मन्त्रालय हुँदै त्यसको स्वीकृति मन्त्रीपरिषद्बाट गर्नुपर्ने हुन्छ।

    नारायणगढ–मुग्लिन सडकभन्दा त्रिशूलीपारिबाट गैँडाकोट–मुग्लिन सडक बनाउन सकिने विज्ञहरुले बताएका छन् । अहिले त्यही विकल्पमा प्रारम्भिक अध्ययनको बाटो खोलिएको हो। सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले वर्षैपिच्छे सडकमा पहिरो झरेर दुःख दिन थालेकाले यसको विकल्प सडक खोज्न लागिएको बताए ।

    “हामीले गैँडाकोटदेखि देवघाट–दासढुङ्गा हुँदै मुग्लिनसम्म सडक बनाउने गरी प्रक्रिया सुरु गरेका छौँ,” उनले भने, “सडक डिभिजन कार्यालयबाट आएको पत्रलाई हामीले छलफलको सूचीमा राखेका छौँ।”

    सडक डिभिजन कार्यालयले गरेको प्रस्तावलाई सम्बन्धित विज्ञसँगको छलफलपछि मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव गर्न भौतिक योजना मन्त्रालयमा पठाइने पनि उनले बताए । “गैँडाकोट–मुग्लिन सडकको अब अध्ययन हुन्छ। अध्ययन प्रतिवेदनका आधारमा परियोजना अगाडि बढाउने वा नबढाउने भन्ने निर्णय हुनेछ,” उहाँनले भने।

    यसअघि सडक विभागले नै डिभिजन सडक कार्यालय भरतपुरलाई वैकल्पिक सडकबारे अध्ययन गर्न निर्देशन दिएको थियो। सोही निर्देशनका आधारमा डिभिजन सडक कार्यालय भरतपुरले विभागलाई वैकल्पिक सडक बनाउन सकिने गरी राजमार्ग घोषणा गराउन प्रस्ताव अघि सारेको हो। यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.