सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चौतारीको भवन निर्माण गर्न पौडेलको आर्थिक सहयोग


  •    न्युजभित्तो/२८ असार २०८०, बिहीबार १८:२२ 
  • चितवन, २८ असार । प्रेस चौतारी नेपाल चितवन शाखाले भरतपुर ११, बसेनिमा निर्माण गरिरहेको भवनका लागि समाजसेवी लिलाधर पौडेलले आर्थिक सहयोग गर्नुभएको छ । पौडेलले भवन निर्माणका लागि रु. २५ हजार नगद आर्थिक सहयोग गर्नुभएको हो ।

    पौडेलले चौतारी चितवन शाखा अध्यक्ष सुवास पण्डितलाई सो रकम हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा पौडेलले प्रेस चौतारी आवद्ध श्रमजीवि पत्रकारहरुको देशमै पहिलो भवनका लागि आफूले सहयोग गर्न पाएकोमा खुशी व्यक्ति गर्नुभयो । उहाँले भन्नुभयो “पैसा भएर भन्दा पनि मन भएर सहयोग गरेको हुँ ।”

    प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चौतारी चितवनको भवन बनाउन समाजसेवी पौडेलले प्रदान गरेको सहयोगले थप उर्जा र प्रेरणा मिलेको बताउनुभयो । उहाँले चौतारीको भवन देशकै पत्रकारहरुको साझा सम्पत्ती भएकोले आआफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई अपिल गर्नुभयो ।

    समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा प्रेस चौतारीको देश कै पहिलो भवन बनिरहेको छ । भवनको पहिलो तला ढलानको तयारी भैरहेको चौतारी चितवन अध्यक्ष पण्डितले जानकारी दिनुभयो। एक बर्ष भित्र बनाइसक्ने साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.