सार्वजनिक महत्वका विषयमा सुनुवाई गर्दै माडी नगरपालिका
न्युजभित्तो/२७ असार २०८०, बुधबार १७:५३
माडी, २७ असार । माडी नगरपालिकाले पछिल्लो ६ महिनामा गरेका काम, सेवा प्रवाह, विकास निर्माण र सार्वजनिक महत्वका बिषयहरुमा सुनुवाई गर्ने भएको छ । नगरपालिकाबाट चालू आर्थिक बर्ष २०७९/८० को अर्धबार्षिक अवधिमा भएका कामको सुनुवाई गर्न लागेको हो ।
कार्यक्रम विहीबार (भोली) बिहान ११ बजेबाट सञ्चालन हुने जनाईएको छ । नगरपालिकाका सूचना प्रविधि अधिकृत प्रवीण भण्डारीका अनुसार माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको आयोजना र स्वदेश एफ.एम. ९३.२ मेगाहर्जको सहजिकरणमा वसन्तपुर बजारस्थित होटल प्याराडाइजको सभाहलमा खुला सार्वजनिक सुनुवाई सञ्चालन हुन लागेको हो ।
वसन्तपुर बजारको खुला चौरमा आयोजना हुने तय भएको सो कार्यक्रम लगातारको बर्षाका कारण नजिकैको सभाहलमा सारिएको सुनुवाईका सहजकर्ता देव नारायण शाहले बताउनुभयो ।
कार्यक्रममा नगरका राजनैतिक दल, सरकारी तथा गैरसकारी संघसंस्था, शैक्षिक संस्था, सुरक्षा निकाय, व्यवसायिक संघ, टोल विकास समिति, सरोकारवाला रनगरवासीहरुलाई सहभागिताका लागि नगरप्रमुख ताराकुमारी काजी महतोको अनुरोध गर्नुभयो ।
माडी नगरपालिकाले चालू आर्थिक बर्षको अर्धवार्षिक सार्वजनिक सुनुवाई सञ्चालन गरिसकेको छ भने माडीका सबै वडा कार्यालयहरुले समेत सुनुवाई सञ्चालन गरेका छन् । नगर कार्यपालिका, सबै वडाहरु र प्रस्तावित वडा समेतको सुनुवाई सञ्चालन गरेको माडी नगरपालिका देशकै एकमात्र स्थानीय तह भएको नगरपालिकाको दावी छ ।