सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका तीन क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयले दियो कारबाहीको चेतावनी


  •    न्युजभित्तो/२७ असार २०८०, बुधबार १६:२७ 
  • चितवन,२७ असार । त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयले सम्बन्धन नविकरण नगरेका भन्दै चितवनका तीन क्याम्पसहरुलाई त्रिवि सम्बन्धन समितिले नियमानुसार कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

    विश्वविद्यालयमा सम्बन्धन नविकरण नगर्ने भरतपुरको दियालो कलेज, रत्ननगरको न्यू क्यापिटल कलेज र राप्तीको बुद्ध शान्ति मल्टिपल कलेजसहित देशभरका १७५ वटा क्याम्पसलाई समितिले कारबाही गर्ने निर्णय गरेको हो ।

    निर्देशनालयले बुधबार नविकरण नगर्ने चितवनका तीनसहित १७५ वटा क्याम्पसहरुको नामावली समेत सार्वजनिक गरेको छ । पटक पटक नवीकरणको लागि सूचित गरी नवीकरण गर्न अनुरोध गरे पनि नविकरण नगरेकोले कारबाही गर्ने निर्णय गरेको जनाइएको छ ।
    निर्देशनालयले पुनश्चः यदि कुनै क्याम्पस नविकरण प्रक्रियामा भएको भए यथाशक्य आधिकारिक निस्सा प्रमाणसहित सम्बन्धित डीनको कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.