सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारीको भवन निर्माणका लागि पत्रकार नवराज ढकालले गरे ५० हजार सहयोग


  •    न्युजभित्तो/२७ असार २०८०, बुधबार १६:१४ 
  •  चितवन,२७ असार। चितवनको भरतपुरमा निर्माणाधीन प्रेस चौतारी चितवनको भवनका लागि पत्रकार नवराज ढकालले ५० हजार सहयोग गरेका छन् ।

    भरतपुर महानगरपालिका वडा नं. ११ बसेनीमा बन्दै गरेको नेपालकै पहिलो प्रेस चौतारीको भवनका लागि आज विहान पत्रकार ढकालले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई ५० हजार सहयोग हस्तान्तरण गरे । गत बैशाख २२ गते प्रेस चौतारी चितवनको भवन शिलान्यास समारोहमा ढकालले ५० हजार दिने घोषणा गरेका थिए ।

    चितवनमा ‘राजधानी आस्था’ पत्रिका प्रकाशन गर्दै आएका ढकाल प्रेस चौतारी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष हुन् । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै ढकालले प्रेस चौतारी आवद्ध श्रमजीवि पत्रकारहरुको देशकै पहिलो भवन बन्दै गरेकोले सो भवन निर्माणमा सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे ।

    उनले भने, ‘आर्थिक रुपमा सबैलाई यतिबेला गाह्रो छ, मेरो पनि बैंकमा ऋण छ, पैसा धेरै भएर सहयोग गरेको हैन, मन ठूलो बनाउँनुपर्छ । सबैले साथ सहयोग गर्दा हाम्रो उद्देश्य पुरा हुन्छ । जति सकिन्छ आफ्नो गक्ष अनुसार सहयोग गरौं ।’ पत्रकार ढकालले आगामी दिनमा पनि अझै आफ्नो ठाँउबाट सकेको सहयोग गर्ने वचन दिए ।

    प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चौतारी चितवनको भवन बनाउन अग्रज पत्रकार ढकालले प्रदान गरेको सहयोगले थप उर्जा र प्रेरणा मिलेको बताउँदै संगठनका हरेक गतिविधीमा साथ र सहयोग गर्दै आएको बताए । उनले चौतारीको भवन देशकै पत्रकारहरुको साझा सम्पती भएकोले आआफ्नो ठाउँबाट सहयोग गर्न सबैलाई अपिल गरे ।

    समाजसेवी केशव कार्कीले उपलब्ध गराएको झण्डैं १० धुर जग्गामा प्रेस चौतारीको देश कै पहिलो भवन बनिरहेको छ । भवनको पहिलो तला ढलानको तयारी भैरहेको चौतारी चितवन अध्यक्ष पण्डितले जानकारी दिए । १ बर्ष भित्र बनाइसक्ने साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.