सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपप्रमुख चित्रसेन अधिकारीले जिल्ला कारागार चितवनको स्थलगत अनुगमन गरे


  •    न्युजभित्तो/२४ असार २०८०, आईतवार १४:५८ 
  • चितवन,२४ असार। भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले जिल्ला कारागार चितवनको स्थलगत अनुगमन गरेका छन् ।

    कारागारमा क्षमता भन्दा बढी कैदीबन्दीहरु रहेको भन्ने जनगुनासो आएपछि उपमेयरले कारागारको स्थलगत अनुगमन गरेका हुन् ।
    अनुगमनका क्रममा उपमेयर अधिकारीले कारागारका कैदीबन्दीसँग अन्तरक्रियासमेत गरेका छन् । अन्तरक्रियामा कैदीबन्दीहरुले क्षमता भन्दा बढी जनशक्ति राख्दा बस्न निकै अप्ठ्यारो भएको उपमेयर समक्ष गुनासो गरेका छन् । ‘कारागारको विद्यमान अवस्था, समस्या र समाधानको लागि स्थानीय सरकारको हैसियतले व्यबस्थापन गर्न म तयार छु, एउटा जिम्मेवार पदमा बसेको जनप्रतिनिधि भएको नाताले पनि कारागारको समस्या समाधान गर्न तर्फ मेरो ध्यान केन्द्रित हुने छ’ उपप्रमुखले भने । उनले कारागारको समग्र स्तरोन्नतिका लागि महानगरपालिकाबाट आबश्यक बजेटको ब्यवस्था गर्ने पनि बताए ।

    कारागारका कैदीबन्दीलाई आयआर्जनमा थप टेवा पु¥याउने गरी काम गर्न सकिनुको साथै उनीहरुलाई खाली समयको सदुपयोग गर्न सिपमूलक तालिमहरूको ब्यबस्थापन गर्न सकिने उनको तर्क छ ।

    यसका साथै कारागारको भौतिक अवस्था, खानेपानी, स्वास्थ्य, सरसफाई र कैदीबन्दीको सीपमूलक तालिमलगायत अन्य विषयहरुको बारेमा उपमेयरले चाँसो र चिन्ता राखेका छन् ।

    अनुगमनमा गएमा उपमेयरसँगको भेटमा जेलर कमलप्रसाद आचार्यले कारागारको अवस्था दिन प्रतिदिन दयनीय बन्दै गएको बताए । ‘कारागारको अवस्था निकै दयनीय छ, स्थानीय सरकारले यसको चासो लिएर पहल गर्दिनका लागि उपमेयर समक्ष मेरो अनुरोध छ’ आचार्यले भने ।

    जम्मा ३४० जनाको क्षमता रहेको जिल्ला कारागारमा अहिले ७५४ जना कैदी बन्दीहरु रहेका छन् । केही दिन अघिसम्म ८१० जना कैदी बन्दी रहेको उक्त कारागारबाट ४८ जनालाई भिमफेदी कारागारमा स्थानान्तरण गरेपछि कैदी बन्दीहरुको सख्या घटेर ७५४ मा झरेको हो । कारागारमा अहिले ७०१ जना पुरुष,४८ महिला, एक जना नाबालक र चार नाबालिका गरि ७५४ जना रहेका छन् ।

    जिल्ला कारागार भरतपुरमा अहिले गँैडाको खाग बिक्री मुद्दामा ५६ जना, कर्तव्य ज्यान मुद्दामा ८३ जना, लागुऔषध मुद्दामा १७४ जना, डाका मुद्दामा ३८ जना, ज्यान मार्ने उद्योगमा १७ जना, जिउ मास्ने बेच्ने मानव बेचबिखन मुद्दामा १० जना रहेका छन् ।

    त्यस्तै अपहरण तथा शारीरिक बन्धक मुद्दामा पाँच जना,चोरी मुद्दामा ७१ जना, सार्वजनिक अपराधमा ८ जना, हातहतियार तथा खरखजनामा पाँच जना, काठ चोरीमा दुई जना, बाघ सम्बन्धी मुद्दामा एक जना,वन्यजन्तु चोरी शिकारी मुद्दामा पनि एक जना रहेका छन् । त्यसैगरी ठगी मुद्दामा २६ जना, गौबधमा एक जना, खोटाचलान मुद्दामा चार जना, बहुबिबाह मुद्दामा ६ जना, सवारी ज्यान मुद्दामा ५६ जना, आत्महत्या दुरुत्साहनमा ८ जना र जबरजस्ती करणी मुद्दामा १७७ जना रहेको जिल्ला कारागार भरतपुरले जनाएको छ । यसरी हेर्दा सबै भन्दा बढी जवरजस्ती करणी मुद्दामा १७७ जना र लागुऔषध मुद्दामा १७४ जना रहेका छन् भने सबैभन्दा कम बाघसम्बन्धी मुद्दामा १ जना, वन्यजन्तु चोरी शिकारी मुद्दामा १ जना र गौवध मुद्दामा १ जना रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.