सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर नगरपालिकाद्वारा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा


  •    न्युजभित्तो/२१ असार २०८०, बिहीबार १३:५९ 
  • चितवन,२१ असार। पूर्वी चितवनको रत्ननगर नगरपालिकाले यस आर्थिक वर्षमा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा गरेको छ । एक परिवारलाई रु तीन हजार पाँच सयका दरले बीमा गरेको हो । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार यसबाट रु १७ हजार पाँच सयजना प्रत्यक्ष्य लाभान्वित भएका छन् ।

    उहाँले भन्नुभयो, “एउटा परिवारको पाँच जनालाई बीमाले समेट्छ ।” बीमाका लागि नगरपालिकाले रु एक करोड २२ लाख ५० हजार बजेट विनियोजन गरी बीमा गराएको थियो ।
    नगरपालिकाले विपन्न परिवारको बीमा गराएको हो । वडा कार्यालयले विपन्न भएकाको तथ्याङ्क लिएर प्रमाणित गरेकालाई बीमा गराइएको हो । यस कार्यक्रमलाई अझ व्यवस्थित बनाएर नागरिकको साझेदारीमा आउँदो वर्ष निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

    नगरपालिकाले बीमा नसमेटिएका विपन्नलाई लक्षित गरी रु ३० लाखको छुट्टै विपन्न कोषसमेत बनाएको छ । रत्ननगरस्थित बकुलहर अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सो कोषबाट सहयोग गर्ने गरिएको छ । रु। १० हजारसम्म कोषबाट सोझै उपचार गरिदिने व्यवस्था छ । उहाँले भन्नुभयो, “रु। १० हजारभन्दा बढी खर्च हुने अवस्थामा कार्यपालिका बैठकले निर्णय गरेर विपन्नको हामीले उपचार गर्दै आएका छौँ ।”

    नगरभित्रका नागरिकले आर्थिक अभावमा उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्नेमा नगरपालिका सजग रहेको उहाँले बताउनुभयो । आफ्नो तलब भत्तासमेत विपन्नहरुको सेवामा खर्च गर्दै आउनुभएका प्रमुख सापकोटाले आउँदो वर्ष प्राविधिक विषय पढ्ने १० विद्यार्थीलाई ५० प्रतिशत खर्चसमेत व्यहोर्न लागिएको बताउनुभयो । उहाँका अनुसार नर्सिङ, एचए लगायतको शिक्षा लिन चाहेर पनि आर्थिक अभावमा अवसर नपाएका सरकारी विद्यालय अध्ययन गरेका जेहेन्दार विद्यार्थीलाई यो कार्यक्रममा समावेश गरिँदै छ ।

    नगरपालिकाले अतिविपन्न, अपाङ्गता, दीर्घरोगी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई परिवारको अवस्था हेरी साझेदारीमा स्वास्थ्य बीमाको नयाँ दर्ता तथा नवीकरणको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट यो कार्यक्रम लागू गर्न लागिएको हो । असी वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्यकर्मी पठाइ मधुमेह, उच्च रक्तचाप जस्ता रोगको परीक्षण गर्दै आएको छ । आगामी वर्षबाट ६८ वर्षमाथिका ज्येष्ठ नागरिक तथा अपाङ्गलाई लक्षित गरी कम्तीमा वर्षमा दुई पटक घरमै पुगेर स्वास्थ्य परीक्षण गरिने भएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.