सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सडकमा अलपत्र परेका यात्रुहरुको तत्काल उद्धार गर्न अनेराश्ववियु चितवनले गर्‍यो सीडीओको ध्यानाकर्षण


  •    न्युजभित्तो/१७ असार २०८०, आईतवार १७:४० 
  • चितवन,१७ असार। नारायणगढ–मुग्लिन सडकमा अलपत्र परेका यात्रुहरुको तत्काल उद्धार गर्न एमाले निकट अनेरास्ववियु चितवनले चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) को ध्यानाकर्षण गराएको छ ।

    अनेरास्ववियु चितवनका संयोजक हरि आचार्यको नेतृत्वमा गएको अनेरास्ववियुको प्रतिनिधिमण्डलले चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै सडक सञ्चालन र यात्रुहरुको उद्धारबारे ध्यानाकर्षण गराएको हो ।

    अनेरास्ववियुले प्रत्यक्ष जनतासँग जोडिएको र दैनिक आवतजावत गर्ने सडक लामो समयसम्म अवरुद्ध हुनुले आम सर्वसाधारण जनतालाई राहात होइन आहात महसुस गरेको जनाएको छ । अनेरास्ववियुले ध्यानाकर्षण पत्रमा भनेको छ, ‘राज्यप्रतिको दायित्व आत्मबोध गर्न नपाउनु दुःखजनक छ । अझ वर्षाद सुरु हुनु पूर्व नै यति सास्ती हुन्छ भने वर्षात् लागेपछि झन् यसले भयानक रुप लिन सक्ने भएको हुँदा उद्धार टोली तयारी अवस्थामा राख्न र तत्काल अवरोध हटाउने गरी योजना बनाउनसमेत जोडदार माग गर्दछौं । साथै देशभर बर्खे झरी पर्न सुरु भएको र राजधानी जोड्ने नारायणघाट–मुग्लिन सडकमा पहिरो झरेर सडक अवरुद्ध भइरहेको छ त्यहाँ हजारौं जनतालाई मर्का परिरहेको छ ।’

    अनेरास्ववियु चितवनले पहिरोले अवरुद्ध सडकमा परिचालन भएको सुरक्षाकर्मीसँग समन्वय गर्दै त्यहाँ हरेक दिन काम गर्ने गरेर र्‍यापिड  रेसपोन्स टिम बनाउन गइरहेकोले सावधानीपूर्वक स्वयंसेवकको रुपमा काम गर्न चाहानेहरु सम्पर्कमा आउन आब्हान पनि गरेको छ । ध्यानाकर्षण पत्रमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन राष्ट्र, राष्ट्रियता, न्याय, समानता, जनजीवीकाको सवालमा मात्र नभई शैक्षिक विकृति र विसंगति विरुद्ध एवम् गुणस्तरीय शिक्षा प्राप्तीसँगै विद्यार्थी समुदायको हकहित र अधिकारको रक्षाको खातिर अग्रणी भूमिका निर्वाह गर्दै आएको कुरा जानकारी गराइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.