सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुपन्देहीमा १० वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ


  •    न्युजभित्तो/१७ असार २०८०, आईतवार ११:१७ 
  • बुटवल,१७ असार। रुपन्देही सुद्धोधन गाउँपालिका मानपकडीमा १० वर्षीया बालिका बलात्कारको आरोपमा ६५ वर्षीय पुरूष पक्राउ परेको छ । १० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुद्धोधन गाउँपालिका(५ का शिव भारतीलाई प्रहरीले पक्राउ गरेका हुन् । उनलाई शुक्रबार बेलुका पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० भरत विकले जानकारी दिए।

    शुक्रबार दिउँसो घरआसपास खेलिरहेकी बालिका बलात्कृत भएबारे उनकी आमाले बेलुका ८ बजेमात्र थाहा पाएकी थिइन्। ती बालिकाले नै घटनाबारे आफ्नी आमालाई भनेकी थिइन्।

    त्यसपछि बालिकाकी आमाले प्रहरीलाई खबर गरेकी थिइन्। एसपी विकका अनुसार बेलुका ९ बजे आरोपित भारतीलाई पक्राउ गरिएको थियो। ‘बालिकाकी आमाले छोरीमाथी जवरजस्ती करणी गरेको भनेर गुनासो गरेपछि शुक्रबार राति उनकै निवासबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेका छौं, एसएसपी बिकले भने।

    सुद्धोधन गाउँपालिका अध्यक्ष बिष्णु बस्यालले घटनाबारे जानकारी पाएको बताउँदै आफूले वडाअध्यक्ष चन्द्रभान चौधरीलाई त्यस बिषयमा कानूनी कार्वाहीमा सहयोग गर्न भनेको बताए।

    जिल्ला प्रहरी प्रमुख बिकले कसैले दवाव दिएर आरोपितलाई छोड्न नमिल्ने बताए। ‘आरोपीमाथी अनुसन्धान भईरहेको छ, अदालतबाट म्याद थप गरेपछि घटनाबारे थप जानकारी दिउँला,ञ बिकले भने।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.