सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अवैध बाटो हुँदै अमेरिका पुगेका १७८ नेपाली फर्काइयो


  •    न्युजभित्तो/१५ असार २०८०, शुक्रबार १४:५० 
  • काठमाडौं,१५ असार। अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइएको छ।

    विभिन्न पाँच आर्थिक वर्षमा उनीरूलाई फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

    ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५र७६ देखि आर्थिक वर्ष २०७९र८० सम्ममा उनीहरूलाई फर्काइएको हो।

    आर्थिक वर्ष २०७५र७६ मा अमेरिका पुगेका ४५ जना पुरूष डिपोर्ट भएका थिए। २०७६र७७ मा ८१ पुरूष र २ जना महिला डिपोर्ट भएका थिए।

    आर्थिक वर्ष २०७७र७८ मा २८ जना पुरूष र दुई जना महिला डिपोर्ट भएका थिए। २०७८र७९ मा १३ जना पुरूष र २०७९र८० मा ७ पुरूष डिपोर्ट भएको तथ्यांक छ।

    नेपालीहरू विभिन्न अवैध बाटोमार्फत् अमेरिका छिर्ने गरेका छन्।

    प्रहरीका अनुसार नेपालबाट अवैध रूपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ।

    भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ। यसबाहेक दुबई, रूस र थाइल्यान्डको बाटो पनि प्रयोग गरिन्छ। जुनसुकै बाटो प्रयोग गरे पनि आखिरमा ब्राजिल पुग्नैपर्छ। त्यहाँबाट अमेरिका छिर्ने रूट एउटै हो।

    यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यानसमेत जाने गरेको पाइन्छ। पछिल्लो समय युरोप र अमेरिका छिर्ने लोभमा पनि ठूलो संख्यामा युवाहरू बेचबिखन र तस्करीमा पर्ने गरेका छन्। बिबिसी

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.