सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुष्पमदन स्मृति वनबाटिकामा स्काई चियर उद्घाटन


  •    न्युजभित्तो/१४ असार २०८०, बिहीबार १९:५० 
  • माडी (चितवन), १४ असार । माडी नगरपालिका वडा नं. ६ स्थित लक्ष्मीनिवासमा रहेका पुष्पमदन स्मृति वनबाटिकामा निर्माण गरिएको स्काई चियरको उद्घाटन गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरी नगर प्रमुख ताराकुमारी काजी महतो र उपप्रमुख खेमप्रसाद महतोले चियरको उद्घाटन गर्नुभएको हो ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख महतोले वनबाटिका महत्वपूर्ण रहेको चर्चा गर्नुभयो । उहाँले जननेता मदन भण्डारीको अस्तु यही बिसर्जन गरिएको चर्चा गर्दै यसको विकासका लागि नगरपालिकाबाट सक्यो सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “नगरपालिकामा ठूलो आम्दानी छैन, थोरै थोरै भएपनि यसको विकासमा खर्च गर्छाै ।” उहाँले प्रदेश र केन्द्र सरकारबाट पनि वनबाटिकाको विकासका लागि बजेट ल्याउन पहल गर्ने बताउनुभयो ।

    माडीमा थुप्रै पर्यटकीय स्थल रहेको बताउँदै नगर प्रमुख महतोले पुष्पमदन स्मृति वनबाटिका पनि एक महत्वपूर्ण पर्यटकीय स्थल बनेको बताउनुभयो ।

    वनबाटिकाका अध्यक्ष श्याम बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष फणिन्द्र दवाडीले स्वागत गर्नुभएको थियो । कार्यक्रममा माडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेल, मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराई लगायतको सहभागी रहेको थियो ।

    माडी नगरपालिकाको रु. १० लाख बजेटमा स्काई चेयर र माडी एयरलायन्स झुला निर्माण गरिएको हो । स्काई चेयरमा रु. एक सय र झुलामा रु. ५० टिकट राखिएको सो अवसरमा जानकारी दिईयो । सोही अवसरमा वनबाटिकामा वृक्षारोपण समेत गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ
    परम्परागत सीप र हस्तकला आम्दानीको मुख्य स्रोत
    कर्मचारीको बढुवा अब कार्य मूल्याङ्कन सूचकका आधारमा हुने
    • एक्काइस महिना देखाएर समापन गरियोे हनुमान नाच
    • छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    • उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    • दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.