सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मदन जयन्तीमा पुष्प मदन स्मृति वनबाटिकामा वृक्षारोपण


  •    न्युजभित्तो/१४ असार २०८०, बिहीबार १९:२१ 
  • माडी (चितवन), १४ असार । ७२ औं मदन जयन्तीको अवसरमा माडी नगरपालिका वडा नं. ६ लक्ष्मी निवासस्थित पुष्प मदन स्मृति वनबाटिकामा वृक्षारोपण गरिएको छ । मदन भण्डारी फाउण्डेशन चितवनले चिउरीका विरुवा रोपण कार्यक्रम आयोजना गरेको हो ।

    कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा माडी नगर इञ्चार्ज यमबहादुर परियारले समग्र विश्व कम्युनिष्ट आन्दोलन धुरमुराईरहेको समयमा मदन भण्डारीले जनताको बहुदलीय जनवादको प्रतिवादन गरेर नविन सोचका साथ कम्युनिष्ट आन्दोलनलाई अघि बढाएको बताउनुभयो । उहाँले जनताको बहुदलीय जनवाद (जबज) मा नेपाली मौलिक कार्यदिशा रहेको चर्चा गर्दै अहिलेको पुस्ताले जबज बुझ्न जरुरी रहेको बताउनुभयो ।

    नेपाल कम्युनिष्ट आन्दोलन एमालेको वरिपरि ध्रुविकृत भएको भन्दै उहाँले जबजबाट समाजवादको यात्रा तय गर्दै नेपाली जनतालाई मुक्ति र समृद्धिको बाटोमा लैजान सकिने बताउनुभयो ।

    पूर्व प्रदेश मन्त्री दावा लामाले मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड लिएको चर्चा गर्नुभयो । कार्यक्रममा माडी नगर प्रमुख ताराकुमारी काजी महतो, एमाले केन्द्रीय सल्लाहकार रमाकान्त सापकोटा, एमाले माडी नगर कमिटी अध्यक्ष नारायण अधिकारी लगायतको उपस्थिति थियो ।

    फाउण्डेशनका सचिव श्याम बिष्ट सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष शम्भु सुवेदीले स्वागत गर्नुभएको थियो । कार्यक्रमका सभापति एवं फाउण्डेशनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले जबजमा भएका महत्वपूर्ण विषयमाथि चर्चा गर्नुभएको थियो ।

    कार्यक्रममा पुष्प मदन स्मृति वनबाटिकाका पदाधिकारी तथा सदस्यहरु, माडीका स्थानीयहरुको बाक्लो उपस्थिति थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.