सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका सरकारी कार्यालय डुवानमा पर्ने भएकाले ढल निर्माण गर्ने


  •    न्युजभित्तो/७ असार २०८०, बिहीबार १६:४७ 
  • चितवन,७ असार । वर्षातका समयमा यहाँका धेरै सरकारी कार्यालय डुवानमा पर्ने गर्दछन् । कतिपय कार्यालयमा सेवाग्राही छिर्न नसकेपछि ‘जेनेरेटर’ लगाएर पानी फाल्नुपर्ने बाध्यता रहेको छ । भरतपुर अस्पताल, जिल्ला प्रहरी कार्यालय, मालपोत कार्यालय, जिल्ला अदालत, सरकारी वकिल कार्यालय, शिक्षा समन्वय इकाई, जिल्ला समन्वय समितिको कार्यालय लगायतका कार्यालय वर्षातका समयमा डुवानमा पर्ने गरेका छन् ।

    यीसँगै रहेका ‘गेष्टहाउस’ चौर पनि वर्षातभर पानी जम्ने गर्दछ । यसका कारण नियमित सेवा प्रवाह प्रभावित हुने गरेको छ ।ती क्षेत्रमा डुवान रोक्नका लागि यसवर्ष ढल निर्माण थालिएको छ । वर्षातका समयमा पानी जम्ने समस्या बढेपछि भरतपुर महानगरपालिका–१० मा ढल निर्माणको कामलाई तीव्र बनाइएको छ । अधिकांश सरकारी कार्यालय रहेको यस वडामा वर्षात सुरु भएँंगै पानी जमेर निकास नहुँदा समस्या बन्दै आएको थियो ।

    डुवानमा पर्न थालेसँगै वडा नं १० ले दुई स्थानबाट पानीको निकासका लागि ढल व्यवस्थापन गर्न लागेको हो । महानगरपालिकाको रु एक करोड ६७ लाखको लागतमा काम भइरहेको वडाध्यक्ष परमेश्वर खनालले जानकारी दिनुभयो । एकातर्फको ढल चौबिसकोठी र अर्को तर्फको बाइपास रोडको थानिचोकमा निकासका लागि नाली बनाउन लागिएको हो । १ दशमलब ५ किलोमिटर नाली वनाएर जम्ने पानीको व्यवस्थापन गर्न लागिएको उहाँले बताउनुभयो ।

    यस क्षेत्र हुँदै जाने नारायणी लिफ्टका नहर अतिक्रमण भएपछि पानी जम्ने समस्या बढेको हो । यस क्षेत्रका नहर मिचेर सडक र भौतिक संरचना निर्माण भएका छन् । महानगरका अन्य क्षेत्रमा पनि ढल निर्माणका लागि गुरुयोजनाको काम भइरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.