सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नारायणी नदी क्षेत्रमा अनाधिकृत रुपमा बनेका संरचना ३५ दिनभित्र हटाउन महानगरको निर्देशन


  •    न्युजभित्तो/७ असार २०८०, बिहीबार १५:३४ 
  • चितवन,७ असार। भरतपुर महानगरपालिकाले नारायणी नदीको क्षेत्राधिकारमा अनधिकृत रुपमा बनेका होटल र अन्य संरचनाहरु ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ । आजदेखि लागु हुनगेरी सूचना जारी गर्दै महानगरपालिकाले ३८ किलोमिटर लामो नारायणी नदी क्षेत्रका अनाधिकृत संरचना हटाउन निर्देशन दिएको हो ।

    भरतपुर महानगरपालिका १ को नारायणी किनार सि बिच मोडेलदेखि भरतपुर २८ घोलाघाटसम्मको २३ किलोमिटर तटिय क्षेत्रमा तटबन्धनको काम भइरहेको भन्दै नदीको क्षेत्राधिकारमा अनाधिकृत रुपमा होटल तथा अन्य अस्थायी तथा स्थायी संरचना निर्माण गरेको पाइएकाले निर्माण कार्य नगर्न नगराउन महानगरपालिकाले भनेको छ । महानगरपालिकाले तोकेको समयभित्र संरचना नहटाइए महानगरपालिकाले हटाउने र हटाउदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट असुलउपर गरिने जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.