सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगमा आजदेखि पुनः उत्पादन सुरु


  •    न्युजभित्तो/६ असार २०८०, बुधबार १३:१९ 
  • मकवानपुर,६ असार। दुई महिनादेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आज बिहानदेखि पुनः उत्पादन सुरु गरेको छ । उद्योगले सिमेन्टका साथै सिमेन्ट बनाउन प्रयोग हुने ‘क्लिङ्कर’ को उत्पादन पनि सुरु गरेको जनाएको छ ।
    क्लिङ्कर उत्पादनका लागि चाहिने आगो बाल्ने भट्टीमा विभिन्न उपकरण बिग्रिनुका साथै कोइलाको अभाव भएकाले सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उद्योग व्यवस्थापनले जनाएको छ । हाल बिग्रिएका उपकरण मर्मत गरी उद्योग सञ्चालनमा आएको छ ।
    उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले रासससँग आज कुराकानी गर्नुहुँदै उद्योगले बोलपत्र आह्वान गरेर भारत, इन्डोनसिया र भुटानबाट गुणस्तरीय कोइलाको आपूर्ति गरेको बताउनुभयो । उहाँले प्रथम र दोस्रो चरणमा गरी एक हजार आठ सय मेट्रिक टन कोइला आइसकेकाले आजैबाट उत्पादन सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी एक हजार दुई सय मेट्रिक टन कोइला यही असार मसान्तभित्र आपूर्ति हुनेछ ।
    महाप्रबन्धक पाण्डेले सिमेन्ट उद्योगलाई १६ हजार मेट्रिक टन गुणस्तरीय कोइला आवश्यक पर्ने भए पनि आर्थिक अभावका कारण एकै पटक कोइला खरिद प्रक्रिया अगाडि बढाउन कठिनाइ उत्पन्न भएको उल्लेख गर्नुभयो ।
    हेटौँडा सिमेन्ट उद्योगमा चार दशक पुराना उपकरण रहेकाले बेलाबेला उक्त उपकरण बिग्रिएर मर्मत गर्नुपर्ने भएकाले उत्पादन बन्द गर्नुपरेको उद्योगका नायक महाप्रबन्धक नवीन कुमार कर्णले जानकारी दिनुभयो । “यसरी सञ्चालित उद्योग बन्द गर्नुपर्दा करोडौँको क्षति भएको छ । अब नयाँ प्रविधि भित्र्याएर उद्योगलाई आत्मनिर्भर बनाउने तर्फ योजना बनाएर कार्यान्वयन गर्नेछौँ”, उहाँले भन्नुभयो ।
    हेटौँडा सिमेन्ट उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि उत्पादन सुरु गर्दै आएको थियो । उद्योगले सिमेन्ट उद्योग उत्पादन बन्द गरे पनि उद्योगको भण्डारणमा रहेको सिमेन्टको प्याकिङ गर्नुका साथै काठमाडौंँलगयात विभिन्न सहरमा सिमेन्टको आपूर्ति गरिरहेको कर्णको भनाइ थियो ।
    उद्योगले सिमेन्ट उत्पादनका लागि नयाँ उपकरण खरिद गरी जडान गर्न र नयाँ प्रविधिसहित उद्योग सञ्चालन गर्न प्रधानमन्त्रीका साथै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई पत्राचार गरी अनुरोध गरिएको महाप्रबन्धक पाण्डेले जानकारी दिनुभयो । सरकारलाई उद्योगमा रहेका विद्यमान समस्याका बारेमा जानकारी गरिसकिएकाले त्यसतर्फ पहल गरिदिनु सम्बन्ध निकायलाई उहाँले आग्रह पनि गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.