सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्याजको होलसेल मूल्य किलोमै १८ रुपैयाँले बढ्यो


  •    न्युजभित्तो/५ असार २०८०, मंगलवार १२:४८ 
  • चितवन,५ असार। सरकारले आयातित प्याजमा १३ प्रतिशत भ्याट लगाउन थालेपछि व्यवसायीले प्याजको मूल्य अचाक्ली बढाएका छन् । चितवनमा पछिल्लो एक महिनामा प्याजको होलसेल मूल्य किलोमै १८ रुपैयाँले बढेको छ ।

    एक महिनाअघि प्रति किलो ३५ रुपैयाँमा विक्री भएको प्याज अहिले प्रति किलो ४८ रुपैयाँमा विक्री भएको छ । कुनै व्यवसायीले प्रति किलो ४९ रुपैयाँ लिएको पनि पाइएको छ । त्यस्तै, एक महिना अगाडि खुद्रामा प्रति किलो ४५ रुपैयाँमा विक्री भएको प्याजको मूल्य अहिले ६५ रुपैयाँसम्म पु¥याइएको छ ।

    केहि दिन अघि प्याजको अभाव हुन लागेको भन्दै व्यवसायीले एक किलो प्याजको मूल्य ८० रुपैयाँसम्म लिएका थिए । सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्याजमा भ्याट लगाएपछि व्यवसायी आन्दोलित भएका थिए ।

    सरकारले प्याजमा १३ प्रतिशत भ्याट लगाएपछि प्याजको मूल्य बढेको किराना व्यवसायी संघ चितवनका अध्यक्ष हरिराज पौडेलले बताए । ‘प्याजमा १३ प्रतिशत भ्याट लगाइएको छ । भन्सार मूल्यांकन गर्दा सरकारले राखेको मूल्यांकनको दर केहि बढि भएकाले व्यवसायीले कर धेरै तिर्नुपर्छ’, उनी भन्छन्, ‘भ्याट लगाएपछि सोहि अनुपातमा मूल्य बढेको छ । हाम्रा व्यवसायीले खुद्रामा प्रति किलो ६० रुपैयाँमा प्याज विक्री गर्नुभएको छ ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.