सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्छ: रवि लामिछाने


  •    न्युजभित्तो/५ असार २०८०, मंगलवार १२:२५ 
  • भरतपुर,५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नं २ का सांसद रवि लामिछानेले जनताको धन र ज्यानको रक्षा गरेर विकास निर्माणका काम गर्नुपर्ने बताउनुभएको छ ।  भरतपुर महानगरपालिका–१२ कालिका टोलमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले जनतालाई उठिबास लगाएर गरिने विकासको अर्थ नभएको बताउनुभयो ।
    “जनताको धन र ज्यानलाई सुरक्षित राखेर गरिने विकास नै दिगो विकास हो”, उहाँले भन्नुभयो, “विकास निर्माणका काम गर्दा राज्यले विवेक प्रयोग गर्नुपर्छ ।” उहाँले पार्टीका कार्यकर्तालाई झन्डा बोकर नभई आम नागरिक बनेर जनताको सेवक बन्न आग्रह गर्नुभयो ।
    सभापति लामिछानेले पाँच वर्षमा आफ्नो पार्टीले उल्लेख्य काम गर्ने भन्दै राज्यबाट नै  विकासमा विभेद भएको गुनासो गर्नुभयो । “भोट हालेको र नहालेकै आधारमा हामीले जनतालाई विभेद गर्न हुँदैन”, उहाँले भन्नुभयो, “कम भोट आएको ठाउँमा कम विकास र बढी भोट आएको ठाउँमा बढी विकास भन्ने हुँदैन ।”
    उहाँले आफूले आश्वासनभन्दा पनि आवश्यकता हेरेर विकास निर्माणका काम गर्ने बताउनुभयो । जहाँ शिक्षा, स्वास्थ्य र खानेपानीको प्रबन्ध छैन, त्यहाँ पहिला विकासका काम गर्नुपर्ने भन्दै उहाँले सिङ्गो देशको समस्यालाई प्रमुख विषयवस्तु बनाएर अघि बढ्ने बताउनुभयो ।
    देश विदेशका सबै नेपालीको समस्या हाम्रै समस्या रहेकाले एक–एक गरेर समाधान गर्दै जाने उहाँको प्रतिबद्धता जनाउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.