सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिकाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भ्रमण वर्ष मनाउने


  •    न्युजभित्तो/३ असार २०८०, आईतवार १७:११ 
  • चितवन,३ जेठ ।  सन् २०२४ लाई भरतपुर भ्रमण वर्षको रुपमा मनाउन तयारी थालिएको छ । चितवनको भरतपुर महानगरपालिकाले आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भ्रमण वर्ष मनाउन लागेको हो ।
    देशकै प्रमुख पर्यटकीय गन्तव्य रहेको भरतपुरलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन भ्रमण वर्ष मनाउन लागिएको हो । महानगरका पर्यटन विज्ञ सल्लाहकार विश्व सुवेदीका अनुसार महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको ५०१ सदस्यीय मूलसमिति बनाइएको छ ।
    दाहाल नै संयोजक रहेको पाँच सदस्यीय निर्देशन समिति छ । यो समितिमा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, पर्यटन महाशाखा प्रमुख र सदस्य सचिवमा पर्यटन विज्ञ सुवेदी हुनुहुन्छ । उपप्रमुख अधिकारी संयोजक रहेको कार्यसम्पादन समिति बन्दैछ । विभिन्न उपसमिति बन्ने क्रममा छन् । कतिपय समितिले काम थालेका छन् । भ्रमण वर्षको लोगो तयार भइसकेको छ भने नारा तयहुँदै गरेको सुवेदीले जानकारी दिनुभयो । सूचनाका लागि ब्रोसर, वृत्तचित्र र एप बन्दैछ । सङ्घ र प्रदेशमा विभिन्न प्रस्ताव पेस गरिएको छ ।
    महानगर प्रमुख दाहालले महानगरको गन्तव्य राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्न, पर्यटकको सङ्ख्या र बसाइँअवधि वृद्धि गर्न भ्रमण वर्ष मनाउन लागिएको बताउनुभयो । उहाँले महानगरभित्रका नयाँ गन्तव्य पहिचान गरी प्रचारप्रसार गरिने जानकारी दिनुभयो । महानगरभित्रका पर्यटकीय गन्तव्यको पूर्वाधार विकास र सौन्दर्यकरण गरिने दाहालको भनाइ छ । उहाँले भन्नुभयो “भ्रमण वर्षका अवसरमा सङ्घ, प्रदेश र राष्ट्रियस्तरका ५० भन्दा बढी कार्यक्रम गर्ने योजनामा छौँ ।” भरतपुर देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य भएको भन्दै उहाँले भ्रमण वर्षको कार्यक्रमले यहाँको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो ।
    उपप्रमुख अधिकारीले महानगरभित्र पहिचान भएका महत्वपूर्ण ३० पर्यटकीय गन्तव्य रहेको बताउनुभयो । ती मध्ये मेघौली, पटिहानी, नारायणी सि बीच मोडल, बीस हजारी ताल, देवघाट धाम, चौकीडाँडा गरी सात वटालाई प्रमुख गन्तव्यको रुपमा राखेर प्रबद्र्धन गरिँदै आएको बताउनुभयो ।
    अधिकारीले भन्नुभयो “कोभिडपछि सुस्ताएको पर्यटन क्षेत्रको प्रवद्र्धनमा भ्रमण वर्ष प्रभावकारी हुनेछ ।” राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित चितवन राष्ट्रिय निकुञ्ज प्रवेशद्वार भरतपुर महानगरका धेरै ठाउँबाट रहेका छन् । निकुञ्जको धेरै जनावर पाइने पश्चिमी क्षेत्र महानगर हुँदै प्रवेश गरिन्छ ।
    सूर्योदयका लागि चौकीडाँडादेखि सूर्यास्तका लागि गोलाघाटसम्म भरतपुरमा पर्दछन् । त्यसो त पवित्र तीर्थस्थल देवघाटधाम, गणेशधामलगायत धार्मिकस्थल पनि यहाँ रहेका छन् । महानगरपालिका राप्ती र नारायणी नदीको बीचमा रहेको छ । दुवै नदी पर्यटन प्रबद्र्धनका लागि महत्वपूर्ण मानिन्छन् । चितवन देशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य हो । पछिल्लो समय जिल्ला आउने खर्चिला पर्यटकको रोजाईँ भरतपुर महानगरको पटिहानी, जगतपुर, मेघौली हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.