सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेयर बालेनको चेतावनीपछि काठमाडौँ महानगरका विद्यालय खुला


  •    न्युजभित्तो/३ असार २०८०, आईतवार १२:३६ 
  • काठमाडौँ,३ असार । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय निर्वाध रूपमा सुचारु भएका छन् । सेवा सुरक्षा ग्यारेन्टी लगायतका विभिन्न माग राख्दै विद्यालय कर्मचारीहरूले आजदेखि सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन् । तर, काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय भने निर्वाध रूपमा खुलेका हुन् ।

    नेपाल विद्यालय कर्मचारी परिषद्ले अनिश्चितकालका लागि विद्यालय बन्दको घोषणा गरेको थियो । लगत्तै काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले सामुदायिक विद्यालयका पठनपाठन बन्द भए शिक्षक तथा कर्मचारीलाई पदबाट हटाउने र फौजदारी मुद्दा लगाउने चेतावनी दिएका थिए ।

    मेयरको चेतावनीपछि महानगरभित्रका सामुदायिक विद्यालय खुला रहेका हुन् ।

    नियमित कक्षा सञ्चालन गर्न बाधा पुर्‍याउने कुनै संस्था वा कर्मचारीहरूलाई पदबाट हटाइने, कुनै संस्थाले बल प्रयोग गरी बन्द गरेको खण्डमा नेपाल प्रहरीसँग समन्वय गरी नियन्त्रणमा लिन लगाई फौजदारी मुद्दा चलाउन पहल गरिने चेतावनी महानगरले दिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.