सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन


  •    न्युजभित्तो/१ असार २०८०, शुक्रबार १६:४९ 
  • चितवन,१ असार । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ मा चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि बजेट विनियोजन गरेको छ ।

    बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले बजेट प्रस्तुत गर्दै रंगशालाका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।उनका अनुसार आवश्यक खेलकुद प्रतियोगिता संचालन र खेलाडीका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको छ ।

    धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण सुरु गरेको क्रिकेट रंगशाला आर्थिक अभावका कारण २ वर्षदेखि अलपत्र परेको छ । सरकारले रंगशाला निर्माणको क्रममा लागेको ऋण चुक्ता गरेर आफ्नो स्वामित्वमा लिने निर्णय गरेको थियो । यस रंगशालाका लागि केही दिन पहिले संघीय सरकारले भने मात्रै एक लाख रुपैयाँ विनियोजन गरेको छ ।

    यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने यस रंगशाला निर्माणका लागि भारत सरकारसंग अनुरोध गरिएको जानकारी दिएका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.