चितवन,१ असार । तीर्थ यात्राका लागि देवघाट आएका एक भारतीय पर्यटकको नारायणी नदीमा डुबेर मृत्यु भएको छ ।
आज (शुक्रबार) दिउँसो १२ः४५ बजेको समयमा भरतपुर महानगरपालिका–१, देवघाटस्थित नारायणी नदीमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका आयोध्या बस्ने २२ वर्षीय प्रदीप शर्माको शव दिउँसो १ः२५ बजे फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
देवघाटमा तीर्थ यात्राका लागि युपी ६२ एपी ९६९६ नम्बरको गाडीमा ५० जना भारतीय नागरिक आएका थिए । ती सबै जना नारायणीमा स्नान गर्दा शर्मा भने बेपत्ता भएका थिए ।