सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ‘युएसएआईडी कृषि उच्च शिक्षा’ परियोजना सुरु


  •    न्युजभित्तो/१ असार २०८०, शुक्रबार १२:३१ 
  • चितवन,१ असार । चितवनको कृषि तथा वन विश्वविद्यालयमा करिब  ६५ करोड रुपैयाँ कोषसहितको ‘युएसएआईडी कृषि उच्च शिक्षा’ परियोजनाको सुरुवात भएको छ ।

    आज सौराहामा एक कार्यक्रम गरी कृषि विश्वविद्यालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ‘युएसएआईडी’ले संयुक्तरुपमा सो परियोजनाको सुरुवात गरेका हुन् ।

    शुभारम्भ कार्यक्रममा बोल्दै एजेन्सी काउन्सिलर क्लिन्टन व्हाइटले ले कार्यक्रमको शुभारम्भले कृषि तथा वन विज्ञान विश्वविद्यालयसँगको सम्बन्ध थप सुदृढ हुने बताए । उनले भने, ‘ नेपालमा आएर नयाँ कृषि उच्च शिक्षा क्रियाकलापको सुरुवात गर्न पाउँदा युएसआईडी उत्साहित भएको छ । यस क्रियाकलापले कृषिमा उच्च शिक्षाको गुणस्तर सुधार गर्नेछ । बजार निर्देशित पाठ्यक्रममार्फत विद्यार्थीको रोजगारी योग्यता अभिवृद्धि प्रदान गर्नुका साथै कृषि अनुसन्धान तथा बिस्तारको सुदृढीकरणमा योगदान पु¥याउँछ ।’

    कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वद्यिालय रामपुरका उपकुलपति पुण्यप्रसाद रेग्मीले परियोजनामार्फत् विश्वको ज्ञान नेपाल ल्याउने र नेपालको ज्ञान विश्वलाई दिने बताए । यो कृषि उच्च शिक्षा परियोजना ठूलो परियोजना भएको उनको भनाइ रहेको छ । उनले भने, ‘यो परियोजना पाँच वर्षको परियोजना हो । यसबाट धेरै विद्यार्थीहरु लाभान्वित हुन्छन् ।’ उनले नेपालकोे कृषि विश्वविद्यालयमा पढ्ने विद्यार्थीको भविष्य देखाउन नसकिएको अवस्था सिर्जना भएको बताए । उनले नेपालको डिग्रीले विद्यार्थीको जीवन उद्यमी बनेर देखाउने अथवा नेपालमै विद्यार्थीको भविष्य छ भनी देखाउनको लागि यो परियोजना ल्याएको विचार राखे । उनले अब आउने दिनमा विद्यार्थीले आफै उद्योग खोलेर काम सुरु गर्न सक्ने बताए । उनले विद्यार्थीे आफैले उद्योग खोलेमा ५ वटा उद्योगलाई २० लाख रुपैयाँको दरले दिइने पनि जानकारी दिए ।

    कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरकी रजिष्ट्रार प्राध्यापक डा. शारदा थपलियाले नेपालले मात्रै कृषि क्षेत्रको समस्या समाधान गर्न नसक्ने बताइन् । उनले कृषि क्षेत्रको समस्या नेपालले मात्रै गर्न नसक्ने भएकाले स्थापनाकालदेखि नै विकसित देशहरुले गरेका सफल कार्यक्रम कसरी नेपाल ल्याउने र उनीहरुको सहयोग कसरी लिने भन्ने हिसाबले काम गरिरहेको जानकारी दिइन् । उनले यही परिपे्रक्षमा रहेर युएसएआईडीको सहयोगमा अमेरिकाको टस्किगी विश्वविद्यालय र भारतको सदगुरु म्यानेजमेन्ट कन्सल्ट्यान्टको सहकार्यमा ‘युएसएआईडी कृषि उच्चशिक्षा’ कार्यक्रमको शुभारम्भ आज गरिएको बताइन् । उनले भनिन्, ‘हामीले वितरण गरेको पाठ्यक्रम समयसापेक्ष बनाउन, समाजले अथवा कृषि क्षेत्रले माग गरेको पाठ्यक्रम विकास गर्नु र क्षमता अभिवृद्धि कसरी गर्ने भन्ने यस परियोजनाको उद्देश्य रहेको छ ।’ डा थपलियाले पठनपाठन, अनुसन्धान र विश्वद्यिालयसँग उद्योग कसरी जोड्ने र भोलिका दिनमा विद्यार्थीले काम खोज्ने मात्र नभई काम सृजना गर्ने भन्ने सोचले यो परियोजनासँग सहकार्य गरेको बताइन् ।

    त्यस्तै कार्यक्रमको समीक्षा गर्दै अमेरिकाको टस्किगी विश्वविद्यालयका प्राध्यापक डा. नरकाजी गुरुङले कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) को क्षमता अभिवृद्धि गर्दै विद्यार्थीहरूको संख्या बढाउन सन् २०२२ को डिसेम्बरमा युएसएआईडीले यो पञ्चवर्षीय क्रियाकलाप ल्याएको बताए । उनका अनुसार ‘युएसएआईडी कृषी उच्च शिक्षा’ क्रियाकलापले वन र कृषि क्षेत्रमा रहेर काम गर्छ । डा. गुरुङका अनुसार युएसएआईडीका तेस्रो बरियतामा रहेका क्लिन्टनले शुभारम्भ गरेका यस ‘युएसएआईडी कृषी उच्चशिक्षा’ नेपालमा चार विभिन्न काम गर्ने भनेर सुरु गरिएको छ । जसमा पहिलो उद्देश्य भनेको कृषिका विभिन्न पाठ्यक्रमलाई कसरी नयाँ ढाँचामा परिणत गरेर पढाउने भन्ने विषय रहेको छ । उनी भन्छन्, ‘पछिल्लो समय पनि पुरानो शैली तरिकाबाट पढाउँदा यस क्षेत्रले खोजे अनुसारको जनशक्ति निर्माण नभएकोले पाठ्यक्रमलाई नयाँ ढाँचामा परिणत गर्ने र नयाँ तरिकाले पढाउने हाम्रो उद्देश्य हो । जसले गर्दा विद्यार्थीलाई अहिलेको अवश्यकताअनुसार बनाउन सकिन्छ । ’

    पछिल्लो समयको पढाइमा जागिर खाने, खोज्ने र विदेश जाने मानसिकता कायम भएकाले संस्थाको दोस्रो उद्देश्य कसरी विद्यार्थीलाई उद्यमशिल बनाउने भन्ने रहेको उनले बताए । पछिल्लो समय अनुसन्धानमा निकै महत्वपूर्ण पाटो भएकोले तेस्रो उद्देश्य अनुसन्धानमा आधारित शिक्षाको विकास गर्ने रहेको बताउँदै डा. गुरुङले भने, ‘ किसानको चाहना अनुसार कसरी अनुसन्धान गर्न सकिन्छ भन्ने विधि\तरिकामा हामी केन्द्रित हुन्छौं ।’ उनले कृषि क्षेत्रमा महिलाको भूमिका निकै महत्वपूर्ण भएकोले चौँथो उद्देश्य कृषिमा महिलालाई कसरी अगाडि बढाउने भएको बताए । सन् २०१० मा स्थापना भएको कृषि तथा वन विश्वविद्यालयमा अहिले ८०० बढी विद्यार्थी अध्ययनरत छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.