सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लम्पी स्कीनबाट ९ हजार बढी पशु मरे, ७३ जिल्लामा फैलियो


  •    न्युजभित्तो/३२ जेष्ठ २०८०, बिहीबार ११:२५ 
  • काठमाण्डौं,३२ जेठ । पशुमा लाग्ने लम्पी स्कीन रोग देशका ७३ जिल्लामा फैलिएको छ । पशु सेवा विभागका अनुसार गत माघदेखि अहिलेसम्म यस रोगबाट ९ हजार ४१० पशु मरेका छन् ।मर्नेमा गाई, गोरु र भैँसी छन् । 

     गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा लम्पी स्कीन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ ।

    गत माघ महिनामा पहिलो पटक झापामा यो रोग देखा परेको विभागले जनाएको छ । अहिलेसम्म ३ लाख ५५ हजार ६९८ पशु लम्की स्कीनबाट संक्रमित भएको पुष्टि भएको छ।विभागका अनुसार अझै थुप्रै ठाउँबाट यकीन विवरण आउन सकेको छैन।

    यस रोगबाट सबैभन्दा बढी कर्णाली प्रदेशमा ४ हजार ७७५ पशु मरेका छन् । सुदूरपश्चिममा २ हजार ७४७, कोशीमा १ हजार १३२, गण्डकीमा ३३०, बाग्मतीमा २८१, लुम्बिनीमा ११०, मधेसमा ३५ पशु मरेको विभागको तथ्याङ्क छ ।

    गर्मी बढेसँगै यो रोग अझै फैलिनेक्रममा रहेको पनि विभागले जनाएको छ। 

    विभागका वरिष्ठ पशु चिकित्सक मुकुल उपाध्यायका अनुसार लम्पी स्कीन रोग पक्सभाइरिडिइ जातको क्याप्रिपक्स भाइरसका कारण हुन्छ । यो पशुमा अत्याधिक सङ्क्रमण गराउने खालको हुन्छ । यसले पशुमा दूध उत्पादनमा कमी हुने, गर्भ तुहाउने, बाँझोपना हुने, छालाको गुणस्तर घटाउने र मृत्युसम्म गराउने गर्छ।

    यो रोग भैँसीको तुलनामा गाई र गोरुमा धेरै देखापरेको छ । फैलिनेक्रममा रहेकाले नियन्त्रणमा चुनौती थपिएको छ। 

    पशुमा १०५.८ डिग्री फरेनहाइटसम्म ज्वरो आउने, छालामा एकदेखि पाँच सेमीसम्म वा अझै ठूलो विमिरा देखापर्ने, मुख, नाकको फोरा वरिपरि, पुच्छर, अण्डकोष, फाँचो वरिपरि समेत दुख्ने खालका गाँठोहरू देखिने, लङ्डोपना, थुनेलो हुने, बाली नजाने, गर्भ तुहिने जस्ता लक्षणहरू देखिन्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.