लम्पीस्किन रोग बढेपछि पशुबीमा गर्न छाडे बीमा कम्पनीले
न्युजभित्तो/२९ जेष्ठ २०८०, सोमबार १२:०४
चितवन,२९ जेठ । जिल्लामा लम्पीस्किन संक्रमणबाट पशु चौपायाको मृत्यु हुने क्रम बढेपछि बीमा कम्पनीले पशुधनको बीमा गर्न छाडिदिएका छन्।
चितवनमा रहेका बीमा कम्पनीले पशुपालक कृषकको गाईभैंसीको बीमा नगरिदिएको भन्दै कृषकले आइतबार प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराए।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले विगत एक महिनादेखि बीमा कम्पनीले गाईभैंसीको बीमा गर्न छोडेका बताए।
पशु चौपायामा लम्पीस्किन रोग बढेसँगै बीमा कम्पनीले पशुधनको बीमा गर्न छोडेको र पहिल्यै बीमा गरिएका पशुको समेत लम्पीस्किनबाट मृत्यु भएपछि बीमा रकम दिन ढिलासुस्ती गरेको उनको भनाइ छ।
चितवनमा क्रियाशील कुनै पनि निर्जीवन बीमा कम्पनीले अहिले पशु बीमा नगरेका उनले जानकारी दिए।
घरपालुवा जनावरको बीमा गर्दा ८० प्रतिशत प्रिमियम सरकारले तथा २० प्रतिशत प्रिमियम कृषकले तिर्ने गरी सरकारले व्यवस्था गरेको।