सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरपालिकाले अपाङ्गता भएका नागरिकहरुका बितरण गरे उन्नत जातका बाख्रा


  •    न्युजभित्तो/२५ जेष्ठ २०८०, बिहीबार १५:५५ 
  • चितवन,२५ जेष्ठ। भरतपुर महानगरपालिकाले अपाङ्गता भएका नागरिकहरुका लागि उन्नत जातका बाख्रा बितरण गरेको छ ।

    अपाङ्गता भएका व्यक्तिहरुको दैनिक जीवनयापनमा सहजता ल्याउनको लागि महानगरपालिकाले बाख्रा बितरण गरेको हो ।

    भरतपुर महानगरपालिकाको आर्थिक सहयोगमा बौद्धिक अपाङ्गता भएका नागरिकका अभिभावक संघ चितवनले अपाङ्गता भएका व्यक्तिहरुका लागि समुदायमा आधारित पुर्नस्थापना सहयोग कार्यक्रमअन्तर्गत रहेर बाख्रा बितरण गरेको हो ।

    कार्यक्रममा बाख्रा बितरण गर्दै उपमेयर चित्रसेन अधिकारीले भरतपुर महानगरपालिका आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको प्रष्ट पारे । बाख्रा बितरण कार्यक्रम सानो भए पनि यो आर्थिक समृद्धिमा जाने संकेत हो उपमेयर अधिकारीले भने, ‘यो एउटा सानो बीउ पुँजी हो । भरतपुर महानगरपालिका घर आगनको स्थानीय सरकार भएको हुँदा सबैलाई अपनत्व हुने गरी सरकारको सेवा तल्लो तहका नागरिकसम्म पु¥याएको उनको टिप्पणी छ । अहिलेलाई महानगरपालिकाले सांकेतिक रुपमा पाँच वटा उन्नत जातका बाख्रा बितरण गरेको भए पनि आगामी दिनमा यो कार्यक्रम निरन्तर भइरहने पनि उपप्रमुख अधिकारीले बताए । यो कार्यक्रम एक घर एक रोजगारीको अबधारणामा रहेको समेत उनको टिप्पणी छ ।

    भरतपुर महानगरपालिकाले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको लागि सहायता सामग्री बितरण, ब्रेल अर्थात् सेतो छडी बितरण, शैक्षिक सामग्री बितरणलगायतका अन्य थुप्रै कार्यक्रमहरु गर्ने लक्ष्य लिएको छ । यसका अलवा महानगरपालिकाले समावेशी शिक्षाको क्षेत्रमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

    कार्यक्रममा स्वास्थ्य तथा सामाजिक बिकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेल, अपाङ्गता समाज चितवनका अध्यक्ष होमनाथ अधिकारीलगायतले बोलेका थिए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.