सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई स्कुल ब्याग र स्टेशनरी सहयोग


  •    न्युजभित्तो/२४ जेष्ठ २०८०, बुधबार १५:५० 
  • चितवन,२४ जेठ। रत्ननगर–११ को मंगलपुरमा रहेको गामबेसीको चेपाङ संरक्षण केन्द्रलाई स्पाउज क्लब नारायणगढले स्कुल ब्याग र स्टेशनरी सामग्री सहयोग गरेको छ ।
    स्पाउज क्लब अफनारायणगढ रोटरीले आज एक कार्यक्रम गरी ५० जना विद्यार्थीलाई स्कुल ब्याग र आवश्यक स्टेशनरी वितरण गरेको हो ।

    रोटरी क्लब अफ नारायणगढका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठ तथा पूर्वअध्यक्षहरू रोहितकुमार श्रेष्ठ र सुसनलाल प्रधानको उपस्थितिमा स्पाउज क्लबका अध्यक्ष सम्झना प्रधानले चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपीकिरण शर्मालाई उक्त सामग्रीहरू हस्तान्तरण गरिन् ।

    अध्यक्ष प्रधानले चितवनका अति विकट गाउँहरूबाट चेपाङ बालबालिकाहरू ल्याएर आवासको सुविधासहित पठनपाठन गराएर देशको असल नागरिक बनाउने अभिभारा बोकेका उक्त संरक्षण केन्द्रका संरक्षक केपी किरण शर्मालाई धन्यवाद दिइन् । नारायणगढ रोटरी क्लबले बेलाबेलामा उक्त केन्द्रमा आयोजना गरेका सहयोगका कार्यक्रमहरूमा आपूm उपस्थित भएको र अहिले स्पाउज क्लबको अध्यक्षको रूपमा बालबालिकाहरूको शैक्षिक विकासमा थोरै भए पनि सहयोग उपलब्ध गराउन पाएकोमा खुसी लागेको अध्यक्ष प्रधानले बताइन् । स्पाउज क्लबका संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेलले चेपाङ विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनमा पनि क्लबले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् ।

    कार्यक्रममा नारायणगढ रोटरी क्लबका अध्यक्ष नगेन्द्रबहादुर श्रेष्ठले केन्द्रको स्थापनाकालदेखिनै एउटा सहयोगी संस्थाको रूपमा आफ्नो क्लबले निरन्तर सहयोग पुर्‍याउँदै  आएको स्मरण गर्दै चेपाङ बालबालिकाको भविष्य निर्माणका लागि घरपरिवार नभनी अहोरात्र उनीहरूको संरक्षण र सम्वद्र्धनमा लागेका केपी किरण शर्मालाई धन्यवाद दिए । चेपाङबालबालिकाहरूको शिक्षामा ज्योति फैलाउने उद्देश्यले नारायणगढदेखि आएर सहयोग प्रदान गरेकोमा प्रसन्नता व्यक्त गर्दै स्पाउज क्लब अफ नारायणगढ रोटरीका अध्यक्ष सम्झना प्रधानलगायत सम्पूर्णलाई गामवेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्षले केन्द्रको तर्पmबाट धन्यवाद दिए ।
    डा. सुरक्षा श्रेष्ठको संयोजकत्वमा भएको उक्त कार्यक्रम स्पाउज क्लबका सचिव ईन्दु श्रेष्ठले सञ्चालन गरेकी हुन् । कार्यक्रममा स्पाउज क्लबका उपाध्यक्ष पूर्णिमा श्रेष्ठ, कोषाध्यक्ष दुर्गा श्रेष्ठ, सदस्यहरू शान्ति श्रेष्ठ, प्रविणा श्रेष्ठ, निलिमा प्रधानलगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.