सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि विद्यालयमा नगर प्रहरी परिचालन


  •    न्युजभित्तो/२३ जेष्ठ २०८०, मंगलवार १२:०७ 
  • बाँके,२३ जेठ । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ ।

    उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाले सामुदायिक, मदरसा र संस्थागत विद्यालयलाई आगामी समयमा हुने बर्खे बिदाबाट कट्टा हुनेगरी आइतबारदेखि २३ गते मङ्गलबारसम्म बन्द गरिएको सूचना जारी गरेको थियो । उक्त सूचनाविपरीत पठनपाठन सञ्चालन गरेको जनाउँदै आदर्श माध्यमिक विद्यालय नेपालगञ्ज, जयबागेश्वरी बोर्डिङ स्कुललगायतका विद्यालयमा नगर प्रहरी पठाएर बन्द गराइएको उपमहानगरपालिकाले जनाएको छ ।

    उपमहानगरपालिकाको सूचनाविपरीत पढाइ सञ्चालन भएपछि उपमहानगरपालिकाले ती विद्यालयमा नगर प्रहरी पठाएको थियो । नगर प्रहरी प्रमुखको नेतृत्वमा नगर प्रहरी बन्द गराउन विभिन्न विद्यालयमा आइतबार पुगेका थिए । आदर्शले गर्मीयाममा विद्यार्थीका लागि कक्षाकोठामा ‘एसी’ चलाउनुपर्ने जनाउँदै मासिकरुपमा दुई सय रुपैयाँ विद्युत्को अलग शुल्क लिने गरेको छ । विद्यालय बन्द गराउन पुगेका नगर प्रहरीलाई विद्यालय प्रशासनले गर्मीमा पठनपाठनमा सहज गराउनका लागि प्रत्येक कक्षाकोठामा एसी जडान गरिएको र गर्मीले विद्यार्थीलाई खासै असर नगर्ने जवाफ दिएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले बताए ।

    नगर प्रहरी पुगेपछि ती विद्यालयले सोमबारदेखि लागू हुने गरी गर्मी बिदा गरेका छन् । आदर्श माध्यमिक विद्यालयले अभिभावकलाई पठाएको नोटिसमा अत्यधिक गर्मी भई पठनपाठनमा कठिनाइ भएकाले विद्यालयको आगामी समयमा हुने बर्खे बिदा कट्टी हुने गरी यही जेठ २२ गते सोमबारदेखि २३ गते मङ्गलबारसम्म विद्यालय बन्द रहने उल्लेख छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • हामीले भ्रष्टाचार गरेका छैनौं, फिरौती रकम दिएका छौंः महासंघ अध्यक्ष पाण्डे
    • अण्डाको होलसेल मूल्य बढ्यो, उपभोक्ता मूल्य यथावत
    • प्रादेशिक विश्वविद्यालयको व्यवस्थापन र समन्वयमा सातै प्रदेशको बहस
    • चितवनमा तीन महिनादेखि सवारी चालक अनुमतिपत्रको ट्रायल सेवा बन्द, सेवाग्राही मर्कामा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.