सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन महोत्सव आयोजना गर्दा नारायणी नदी किनारमा पुरिएको फोहोर उठाइयो


  •    न्युजभित्तो/२१ जेष्ठ २०८०, आईतवार ११:१८ 
  • चितवन,२१ जेठ। चितवन महोत्सव आयोजना गर्दा नारायणी नदी किनारमा पुरिएको फोहोर उठाइएको छ । महोत्सव आयोजक उद्योग वाणिज्य संघ चितवलने नदी किनारको मैदान सम्याउन फोहोर पुरेको थियो ।

    नदी किनारमा पुरेको फोहोर उठाउन सर्वोच्च अदालतले आदेश दिएपछि संघले फोहोर उठाएको हो । पुरेको पाँच महिनापछि संघ आफैले फोहोर उठाएर भरतपुर महानगरपालिकाले विसर्जन गर्दै आएको नगरवनमा लगेर फालेको छ ।

    पुरेको फोहोर निकालेर अन्यत्र विसर्जन गर्न नदी संरक्षणकर्मीले माग गर्दे आएका थिए । ढिलै भएपनि नदीमा पुरिएको फोहोर हटाएर सुरक्षित रुपमा व्यवस्थापन गर्ने काम सुरु भएको संरक्षणकर्मी सागर कार्कीले बताए ।

    ‘ढिला नै भए पनि नारायणी नदीमा पुरिएको फोहोर त्यहाँबाट हटाएर सुरक्षित रूपमा व्यवस्थापन गर्ने काम सुरु भएको छ । फोहोर माटोले कति पुरिएको थियो भन्ने कुरा तस्बिरबाट पनि देख्न सकिन्छ । दुर्गन्धले फोहोर निकाल्न समेत मुश्किल भइरहेको प्रष्ट अपरेटरको बडी ल्याङ्वेजले पनि प्रष्ट बुझ्न सकिन्थ्यो । छिट्टै सबै फोहोर उठ्नेछ भन्नेमा विश्वस्त छु’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.