गर्मी बढेपछि खैरहनी नगरपालिकाका विद्यालय पाँच दिनको लागि बन्द
न्युजभित्तो/१८ जेष्ठ २०८०, बिहीबार १५:५५
चितवन,१८ जेठ । अत्यधिक गर्मी बढेपछि चितवनको खैरहनी नगरपालिकाका विद्यालय पाँच दिनको लागि बन्द भएका छन् । खैरहनी नगरपालिकाले स्थानीय बिदा कटौती हुने गरी एक दिन र बर्षे बिदाबाट कटौती हुने गरी जेठ २१ गतेबाट जेठ २५ गतेसम्म पाँच दिन विद्यालयहरु बिदा गरेको हो । नगरपालिकाले नियमित सञ्चालन भएका परीक्षालाई भने यथावतरुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । नगरपालिकाले गर्मीको कारण विद्यार्थीलाई विद्यालय आउन जान असहजता सिर्जना भएकोले बिदा दिनु परेको जनाएको छ ।