सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

८७ प्रतिशत राजश्व मदिराबाट


  •    /११ बैशाख २०७६, बुधबार १२:५० 
  • चितवन,

    आन्तरिक राजश्व कार्यालय भरतपुरमा सङ्कलन हुने राजश्वको अधिकांश हिस्सा मदिराले धान्ने गरेको छ । चितवन र नवलपुर जिल्ला हेर्ने यस कार्यालयमा सङ्कलन हुने राजश्वको ८७ प्रतिशत हाराहारी वियर र मदिराको हुने गरेको छ ।

    कार्यालयका अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म सङ्कलन भएको कूल राजश्व रु २० अर्ब चार करोड ७० लाख ८६ हजारमध्ये रु १७ अर्ब ६७ करोड ९३ लाख ४१ हजार अन्तःशुल्कको रहेको छ । कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालका अनुसार वियर र मदिराबाहेक कोकाकोला, साबुन, सरफ, सुर्ती, रङ्गलगायतको एक प्रतिशत हुने भए पनि अरु सबै अन्तःशुल्क मदिराजन्य पदार्थको हो । ती उद्योगले मूल्य अभिवृद्धि कर, आयकरलगायतको राजश्व ठूला करदाता कार्यालयमा तिर्दै आएका छन् ।

    गत आर्थिक वर्षको चैत महीनासम्ममा सो कार्यालयले रु १४ अर्ब ४२ करोड ७५ लाख राजश्व सङ्कलन गरेकामा रु १२ अर्ब ४१ करोड १६ लाख अन्तःशुल्कको रहेको थियो । अर्यालका अनुसार चितवनमा तीन वियर उद्योग छन् भने नवलपुरमा दुई रहेका छन् । त्यसैगरी तीन मदिरा उद्योग चितवनमा छन् भने चार नवलपुरमा रहेका छन् ।

    कूल सङ्कलन भएको अन्तःशुल्कमध्ये मदिराको भन्दा वियरको बढी हुने गरेको अर्यालले बताए । नेपालमा नै वियरमा सबैभन्दा बढी अन्तःशुल्क तिर्ने गोर्खाब्रुअरी यसै कार्यालयअन्तर्गत पर्दछ । त्यसैगरी यति, माउण्ट एभरेष्ट, शेर्पा र सिजी ब्रुअरीले यसै कार्यालयमा अन्तःशुल्क बुझाउँदै आएका छन् ।

    मदिरातर्फ यति, मनकामना, देवचुली, श्री, युनाइटेड, सुमी र रोलिङ लिभर डिस्टिलरी यसै कार्यालयको क्षेत्राधिकारभित्र पर्दछ । ती कार्यालयले अन्तःशुल्क यहाँ बुझाउँछन् भने अन्य कर ठूला करदाता कार्यालयमा बुझाउने गर्दछन् ।

    कार्यालयका प्रमुख सुवप्रसाद रिजाल अन्तःशुल्कको रकम ठूलो हुँदा अन्य क्षेत्रको राजश्व कम देखिएको भए पनि बढ्दो मात्रामा रहेको बताउछन । मदिराजन्य उद्योगले अन्तःशुल्क बढाउँदै लगेको बताउँदै उहाँले अन्य क्षेत्रको राजश्व पनि वार्षिक २० प्रतिशतभन्दा बढ्दो क्रममा रहेको बताए ।

    कार्यालय दायरा फराकिलो पारेर राजश्व बढाउने अभियानमा लागिपरेको उनले बताए । देशकै मध्यभाग भएकाले ढुवानीका लागि सहज हुने हुँदा मदिराजन्य उद्योगसँगै अन्य उद्योग खोल्नका लागि यस क्षेत्र उपयुक्त देखिएको छ । मदिराजन्य र अन्य उद्योग खुल्ने क्रम पनि जारी रहेको रिजालले बताए ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    • कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.