सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु


  •    न्युजभित्तो/१८ जेष्ठ २०८०, बिहीबार १५:५१ 
  • चितवन,१८ जेठ । भरतपुर महानगरपालिकाकी मेयर  रेनु दाहालले भरतपुरको २९ वटै वडामा अवैध संरचना हटाउने कार्य सुरु भएको बताएकी छन् ।

    भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा बिहीबारदेखि सुरु भएको मापदण्ड विपरितका अवैध संरचना हटाउने कार्यको अनुगम एवम् निरीक्षणपछि पत्रकारसँग कुराकानी गर्दै उनले मंसिरदेखि नै कानुनी प्रक्रिया सुरु गरिएको उल्लेख गरिन् ।

    महानगरभित्र २९ वटा वडामा रहेका अवैध संरचना, सरकारी जग्गामा मापदण्ड विपरितका अवैध संरचना एकीन गर्ने काम सकिएको उनले जानकारी दिइन् । उनले विभिन्न प्रक्रिया पूरा गरेर, नाप जाँच, घरधनीलाई पत्र दिने, मार्किड गर्ने कार्य सकिएकाले अब भने संरक्षण गर्ने कार्यतर्फ अगाडि बढेको स्पष्ट पारिन् ।

    महानगरपालिकाभित्र अवैध संरचना व्यवस्थापन गर्न समिति गठन गरी क्रमिक रुपमा काम थालनी गरेको प्रमुख दाहालले बताइन् । अहिले एक साताभित्र आफ्ना अवैध संरचना हटाउन अन्तिम अल्टिमेटम दिई एक्सनमा उत्रिएको उनको भनाइ छ । महानगरपालिकाले जुन वडाको अवैध संरचनाको व्यवस्थापन गर्न त्यही वडाका वडाध्यक्ष संयोजक रहेने गरी समिति गठन गरेको प्रमुख दाहालले बताइन् ।

    ‘वर्षौदेखि सरकारी जग्गा हडपेर बसेका व्यवसाय संघ संस्थाको एकीन भइसकेकाले २९ वटै वडाको संरचना यही ढंगबाट व्यवस्थापन गरिन्छ’ उनले भनिन् । यस्तै नदी खोलामा ओगटेको पुंगी र केरुङ्गामा पनि बनेका मापदण्ड विपरितका संरचनालाई हटाइने बताइन् । ‘कानुनको दायरामा बसेर काम गर्छौ’,उनले भनिन् , ‘अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ?’ । सार्वजनिक जग्गा संरक्षण गर्ने दायित्व स्थानीय सरकार भएकाले यो अभियान निरन्तर रहने प्रमुख दाहालले बताइन् ।

    मेयर दाहालले नारायणी नदीलाई गोलाघाटसम्म संरक्षण गरिने पनि उल्लेख गरिन् । नारायणी नदी किनारलाई अन्तर्राष्टिय पर्यटकीय स्थल बनाउने कार्य सम्पूर्ण महानगरबासीको साथ सहयोग अपेक्षा पनि उनले गरिन् । अनुगमनमा प्रमुख दाहाल, उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र कुमार राना, वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.